१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

बुटवलको मनोहरापुरमा तीनपुस्ता जमिन्दारको सेवा गरेका थारु परिवारको झुपडीमाथि जमिन्दारकै डोजर चल्यो

पुस्तौं हरुवा बसेका २ वटा परिवारको सडकको बास



बुटवल । ‘निकाल्यौं हिरामोती, बनायौं सुनका दरबार, न हामीलाई एकछाक रोटी, न हामीलाई ओट लाग्ने घर ……’ जनता जगाउन अहिले सत्ता र प्रतिपक्ष सम्हालेका दलका नेताहरुले गाँउबेसीमा गाउँदै हिँडेका गित हुन् माथिका शब्दहरु । दुखी, सर्वहारा र कमैया, हरुवा चरुवाको आवाज बिम्बित गर्दै उनीहरुकै ढाडमा टेकेर अहिले सत्ता सम्हालेका र प्रमुख प्रतिपक्ष बनेका नेताहरुको काठमाडौं लगायतका शहरकहरुमा ठुला महल खडा भइसकेको छ । तर उनीहरुलाई कांध थाप्ने ती दलका नेताहरुको जगरुपी हिजोका हरुवा चरुवा, कमैया, हलीहरु आज पनि कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

कानुनमा कमैया मुक्ति, हलिया प्रथाको अन्त्य र दास प्रथाको समाप्तिको व्यवस्था गरिएपनि व्यवहारमा ती कुप्रथाहरु मुक्त हुन सकेको छैन । मूक्त भएका कमैयाहरु राज्यले उचित वातावरण नबनाइदिँदा पुनः कमैया बस्न बाध्य बन्दै गएका छन् । गाँउघरतिर हलीया प्रथा अहिले पनि जिउँदै रहेको छ । कागजमा मुक्त भयो भनिएको तर व्यवहारमा पुस्ता देखि हरुवा चरुवा बसेका रुपन्देहीको बुटवल उपमहानगरको एउटा गाँउका केउली थारु र सुधन थारुको पीडा बिरक्त लाग्ने छ ।

दुखी, सर्वहारा र कमैया, हरुवा चरुवाको आवाज बिम्बित गर्दै उनीहरुकै ढाडमा टेकेर अहिले सत्ता सम्हालेका र प्रमुख प्रतिपक्ष बनेका नेताहरुको काठमाडौं लगायतका शहरकहरुमा ठुला महल खडा भइसकेको छ । तर उनीहरुलाई कांध थाप्ने ती दलका नेताहरुको जगरुपी हिजोका हरुवा चरुवा, कमैया, हलीहरु आज पनि कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

तिनपुस्तादेखि जोताहा र हरुवा चरुवा बस्दै आएको जमिन्दारले रित्तोहात बेघरबार बनाइदिएपछि केउली र सुधनका परिवारको न टेक्ने डालो छ न समाउने हाँगा । तीनवटा पुस्ता जमिन्दारकै परिवारको सेवामा बिताएका दुई परिवारले रात बिताउँदै आएको झुपडीमा जमिन्दारको परिवारले डोजर चलाइदिएपछि २०७९ माघ देखि यी दुई परिवार बाटोको किनारमा प्लास्टिकको छानामुनी दिनरात बिताइरहेका छन् । जीजुबाजेदेखि बसोबास गर्दै आएको मनोहरापुरमा रहेको झुप्रो साहुले भत्काइदिएपछि केउलीको परिवार अहिले बेघर भएका छन् भने जमिन्दारकै सेवामा पुस्ता बिताएका सुधन थारुको परिवार पनि बेघर हुने अवस्थामा पुगेका छन् ।

बुटवलका स्व। भरत सिंहको जग्गामा ०३८ सालदेखि जोतभोग गर्दै आएका दुई परिवार गत माघ महिनादेखि सडकमा आइपुगेका छन् । बाजे ससुरा हुँदै ससुरा रामचरण र केउलीका श्रीमान पूर्णवासी थारुले स्व। भरत सिंहको जग्गा जोतभोग गर्दै आएका थिए । ४६ वर्ष पुगेकी केउली थारुको पनि आधा जीवन त्यही जग्गा कमाउनमै बिति सकेको छ । तर जमिन्दार सिंहको निधन भएपछि उनका परिवारले केउलीलाई बेघरबार बनाइदिएका छन् । “मेरा ससुराको पालादेखि हामी यहीँ बस्दै आएका छौँ, हाम्रो नाममा एक टुक्रा जमिन छैन, कहाँ जाउँ”, केउलीले गुनासो गरिन् ।

स्वर्गीय अमरदीप मल्लको पालादेखि जोतभोग गर्दै आएका ती दुई परिवारले अमरदीपको निधन भएपछि अमरदीपको छोरी अगमदेबी र ज्वांई भरत सिंहको नाममा गएको जग्गा जोतभोगलाई निरन्तरता दिईरहेका थिए । अमरदीपको छोरा नभएकै कारण सो जग्गा छोरीको नाममा गएको थियो । लामो समय जग्गाको जोतभोग र रेखदेख गर्दै आएका सबै परिवारलाई स्व. भरत सिंहले बस्ने बास नामसारी गरेरै दिने बचन पनि दिँदै आएको थिए । केउलीका चार जनाको परिवार पनि बस्ने बास नखोसिने स्व. सिंहको बचन थियो । झण्डै दुईवर्षअघि जग्गाधनी भरत सिंहको निधन भएपछि सिंहका परिवारले परिवारले बोली फेरे । भरतकी श्रीमती अगमदेवीले आफ्नो श्रीमानले दिएको बचन पुरा गर्नुको साटो छोरी अंगीला र ज्वाइँलाई लगाएर केउलीको परिवार बस्दै आएको बास भत्काइदिए ।

कानुनमा कमैया मुक्ति, हलिया प्रथाको अन्त्य र दास प्रथाको समाप्तिको व्यवस्था गरिएपनि व्यवहारमा ती कुप्रथाहरु मुक्त हुन सकेको छैन । मूक्त भएका कमैयाहरु राज्यले उचित वातावरण नबनाइदिँदा पुनः कमैया बस्न बाध्य बन्दै गएका छन् । गाँउघरतिर हलीया प्रथा अहिले पनि जिउँदै रहेको छ । कागजमा मुक्त भयो भनिएको तर व्यवहारमा पुस्ता देखि हरुवा चरुवा बसेका रुपन्देहीको बुटवल उपमहानगरको एउटा गाँउका केउली थारु र सुधन थारुको पीडा बिरक्त लाग्ने छ ।

जमिन्दार सिंहका परिवारले डोजर लगाएर बास भत्काइदिएपछि केउलीको परिवार अहिले सोही ठाउँमा प्लास्टिकको छानामुनी बस्दै आएका छन् । केउलीका ससुरा र श्रीमान जमिन्दारकै जग्गा जोत्दाजोत्दै बिते , अहिले केउलीको घरमा कोही लोग्नेमान्छे साहारा छैनन् । सडकमा पनि कति दिन बस्न सकिन्छ ? उनी प्रश्न गर्छिन । अहिले मजदुरी गरेर गुजारा गर्दै आएकी केउलीका दुई छोरा र एक छोरी छन् ।

केउलीकी बिहेगर्ने उमेर हुँदै गरेकी छोरी छिन् । बस्ने बास भत्किएपछि उमेर पुगेकी छोरी संगिताको उनलाई निकै चिन्ता छ । जग्गाधनीले जहाँ भएपनि एक टुक्रा जमिन दिनुपर्ने केउली र सुधनको परिवारको माग छ ।

सोही ठाउँमा बस्दै आएका अन्य दुई घरपरिवारलाई भने स्व. सिंहले जग्गा नामसारी गरेर दिएपनि केउली र सुधनको परिवारलाई केही नदिएको टोल विकास संस्थाका शिबकुमार थारु बताउँछन । केउली र सुधनको परिवारलाई जग्गा छुट्याइदिने भन्दै स्व. भरतले नापी ल्याएर किल्ला समेत गाडेका थिए । त्यही क्रममा उनको मृत्यु भयो, उनको मृत्युसंगै उनका परिवारले भने बोली फेरेको छिमेकी समेत रहेको थारुले बताए । “स्थायी बसोबासको व्यवस्था नमिलाई यसरी घर भत्काउन नमिल्ने हो, यो अन्याय भयो”, अध्यक्ष थारु भन्छन् ।

साहुले केउलीको घर भत्काए पनि सुधनको भने एउटा झुप्रो बाँकी छ । सुधनको इट्टाको गारो भएको घर भत्काइदिएपनि प्लास्टिकको छानो भएको झुपडी बाँकी रहेको सुधनले बताए । त्यही झुप्रोमा सुधनको परिवार बस्दै आएको छ ।

थारु परिवारले जग्गा जोतभोग मात्र होइन वर्षौदेखि आगमदेवीको घरमा काम गर्दै आएका छन् । तर, काम गरेबापतको पारिश्रमिक लिएका छैनन् । सुधनका भाइ ४६ वर्षीय मणिराम २७ वर्षदेखि जग्गाधनीकै घरमा अहिले पनी काम गर्दै आएका छन । उनले घरमा भाडा माझ्ने, सफाइ गर्ने लगायतका काम गर्दै आएपनि सुधनको परिवारले पारिश्रमिक लिएको छैन । सुधनका बुवा मात्र होईन काका ससुरा समेत सिंह परिवारको घरेलु कामदारका रुपमा नि:शुल्क काम गरिरहेको सुधन बताउँछन् । “हाम्रो काका ससुराले यतिका वर्ष काम गर्नुभएको छ । तर, हामीले एक पैसा पनि लिएका छैनौ बरु हाम्रो सासु समेत घरमा नियमित काम गर्न जानुहुन्छ”, सुधनकी बुहारी मुनाकुमारी भन्छिन् ।

सरकारले दास प्रथाका रुपमा रहेको कमैया र हलिया मुक्तिको घोषणा गरेपनि उनीहरुको हक स्थापित गर्न नसक्दा कतिपय मुक्त भएका कमैया र हलियाहरु पुनः कमैया बसाल्न जमिन्दारको घर पुग्न बाध्य छन् । ‘जग्गा कस्को जोत्नेको, भर कस्को पोत्नेको’ भन्ने नारा दिने एमालेहरु सरकारमा बस्दा होस् वा ‘बन्दुकको नालबाट हक खोज्दै जमिन्दारी प्रथाको अन्त्य गर्न’ तम्सेका माओवादीहरुले सत्ता सम्हालिरहँदा होस् केउली र सुधनको पीडा जस्ताको तस्तै छ ।

वडा सदस्य सेरबहादुर थापाले स्व. भरतसिंहले दिएको जग्गा पनि उनकी श्रीमती र छोरीले खोसेको बताउँछन् । उनले अहिलेपनि थारु परिवारले आगमदेवीको घरमा काम गर्दै आएको बताए ।

थारु परिवारलाई त्यो ठाउँबाट हटाउन आगमदेवीकी छोरी अंगिला पटक पटक आउने गरेको र लुम्बिनी देखि प्रहरी बोलाएर धम्काउने गरेको सुधन र केउलीले बताए ।

पटक पटक वडा कार्यालय जाँदा पनि सुनुवाई नभएपछि गत माघमा नै उनीहरुले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिका उजुरी दिएका थिए । वडाबाट सिफारिस नआएको भन्दै न्यायिक समितिको कार्यालयमा थारु परिवारको निवेदन अलपत्र परेको छ ।

बुटवल उपमहानगरपालिकाका कानुन अधिकृत ध्रुव भट्टराई न्यायिक समितिमा थारु परिवारको उजुरी परेको जानकारी दिँदै मेलमिलापकालागि पटक पटक प्रयास गरेपनि मेलमिलाप हुन नसकेको बताए । उनले कानुन बमोजिम जग्गावाला सहमतिमा आउन नमानेपछि उनीहरुको उजुरी दर्ता हुन नसकेको बताए । उता न्यायिक समितिकै प्रमुख बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रा अर्यालले केउली र सुधनको फायल आफुसम्म नआइपुगेको बताइन् । उजुरी आएको सुनेपनि कानुन शाखाबाट आफुकहाँ फायल नआएको उनले बताइन् । आफु पीडितको पक्षमा रहेको पनि उनले बताइन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई गास, बास र कपासको ग्यारेन्टी गरेको छ तर, झण्डै ७ महिनादेखि बेघर भएर हिंडेका थारु परिवारको विषयमा आवाज उठाउने कोही देखिएका छैनन् । ४५ सालदेखि सोही ठाउँमा बसोबास गर्दै आएकी राजकुमारी मल्लले पनि आफुहरु बसाइ सरेर आउँदा थारु परिवार सोही जग्गामा बस्दै आएको देखेको बताउँछिन् । आगमदेवीको विघौ विघा जग्गा जोतभोग गर्ने, गाईभैसी हेर्ने र घरमा समेत कामका लागि थारु परिवारले सघाउँदै आएको मल्लको भनाइ छ ।

बुटवल १९ का वडा अध्यक्ष चन्द्रसिंह थापा नम्बरी लालपुर्जाको जग्गा थारु परिवारलाई दिलाउन कानुनीरुपमा नमिल्ने भएको बताउँछन् । आफु थारु परिवारको न्यायको पक्षमा भएपनि कानुनी अड्चन रहेको उनको भनाई छ । शान्ति प्रक्रियाको लगत्तै माओवादीको दवावमा सो पार्टीको डरले केही मोहीको नाममा जमिन्दारबाट पास भएर गएपनि त्यस यता कानुन बमोजिम हुन नसकेको उनले बताए ।

बुटवल १९ का वडा अध्यक्ष चन्द्रसिंह थापा नम्बरी लालपुर्जाको जग्गा थारु परिवारलाई दिलाउन कानुनीरुपमा नमिल्ने भएको बताउँछन् । आफु थारु परिवारको न्यायको पक्षमा भएपनि कानुनी अड्चन रहेको उनको भनाई छ । शान्ति प्रक्रियाको लगत्तै माओवादीको दवावमा सो पार्टीको डरले केही मोहीको नाममा जमिन्दारबाट पास भएर गएपनि त्यस यता कानुन बमोजिम हुन नसकेको उनले बताए ।

यी थारू परिवारले ४१ वर्ष अघिदेखि अधिया र मोहियानीको सर्तमा यो जग्गा कमाउँदै आए । अहिले तीन पुस्ता भयो । उनीहरुले करिब १० विघा भन्दा बढी जमिन मोहीबापत जोतेका छन् । मोहीबापतको जमिन जोत्दा जमिनदारकोमा गएर उनीहरुले बिनाज्यालामा काम गरे । धेरै हैरानी बेहोरे । उत्पादन घरैमा पु¥याइदिए ।

सोही जग्गा जोत्दाजोत्दै नौ वर्ष अघि केउलीका श्रीमान पूर्णवासीको निधन भयो । अहिले उनीहरुले जग्गा जोत्न पनि छाडेका छन् । जमिन्दारले पनि मनोहरापुर क्षेत्रको धेरै जग्गा बिक्री गरिसकेका छन् । अहिले रहेको ८-१० कट्ठा जग्गामा कृषि गरेपनि खान नपुग्ने भएकाले थारु परिवार अहिले मजदुरी गर्छन ।

जग्गा धनी भने थारु परिवारले जसरी पनि जग्गा छाड्नुपर्ने अडानमा छन् । जग्गाधनी अगमदेवीकी छोरी अंगिला सिंह थारु परिवालाई जग्गा दिन नसक्ने बताउँछिन । उनले पहिला उनीहरु हरुवा बसेको भएपनि अहिले उनीहरुको काम नभएको बताउँदै जग्गा दिन नसकिने बताइन् । थारु परिवारले सहमतिमा आफ्नो जग्गा नछाडे जसरी पनि हटाउने अंगिलाको चेतावनी छ ।

नेपालको संविधान २०७२ को भाग (३) धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । सोही भागको धारा २५ ले प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्न सक्ने अधिकारहरू दिएको छ ।

नेपालको संविधान २०७२ को भाग (३) धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । सोही भागको धारा २५ ले प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्न सक्ने अधिकारहरू दिएको छ ।

जोताहा किसानलाई आधा जग्गा दिने कानुनबाट थोरै मात्र जोताहा किसान लाभान्वित हुन पुगे पनि देशका धेरै जोताहा किसान हकबाट बेदखल हुन पुगेका छन् । आफ्नो हक खोज्न नसक्ने केउली र सुधन थारु जस्ता मोहीलाई हकबाट बञ्चित नै गरियो ।

सरकारले दास प्रथाका रुपमा रहेको कमैया र हलिया मुक्तिको घोषणा गरेपनि उनीहरुको हक स्थापित गर्न नसक्दा कतिपय मुक्त भएका कमैया र हलियाहरु पुनः कमैया बसाल्न जमिन्दारको घर पुग्न बाध्य छन् । ‘जग्गा कस्को जोत्नेको, भर कस्को पोत्नेको’ भन्ने नारा दिने एमालेहरु सरकारमा बस्दा होस् वा ‘बन्दुकको नालबाट हक खोज्दै जमिन्दारी प्रथाको अन्त्य गर्न’ तम्सेका माओवादीहरुले सत्ता सम्हालिरहँदा होस् केउली र सुधनको पीडा जस्ताको तस्तै छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : ४६ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले