५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

खजुरा क्यान्सर अस्पताल सम्बन्धी उजुरीको फायल खोतल्दै अख्तियार



नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलि आज क्यान्सर अस्पताल पुगेको छ । अख्तियार बुटवल कार्यालय अन्तर्गत नेपालगन्जको टोलि प्राबिधिक सहित क्यान्सर अस्पताल पुगेको हो ।

अस्पताल परिषरमा निर्माण भएको ट्रष्ट भवन, लिन्याक मेसिन राख्ने भवन र लिन्याक मेसीनको खरिद सम्बन्धमा अनुसनधानका क्रममा अस्पतालमा अख्तियारको टोलि क्यान्सर अस्पताल पुगेको अख्तियार नेपालगन्जका सूचना अधिकारी कुशल न्यौपानेले जानकारी दिए । ‘उजुरी सम्बन्धमा के कस्तो भएको हो ? स्थलगत अवलोकन र अनुसन्धान गर्न प्राबिधिक सहित टोलि क्यान्सर अस्पताल पठाइएको हो ।’ उनले भने ।

अस्पताल परिषरमा बनेको भवन, लिन्याक मेसीन राख्ने भवन र मेसीन खरीद प्रक्रियाका सम्बन्धमा परेको उजुरीका बारेमा अख्तियारले अनुसन्धान गरिरहेको उनले बताए । लिन्याक मेसीन रहेको बंकर सहितको भवन निर्माण व्यवसायीले हस्तान्तरण गरेको २ वर्ष नपुग्दै वर्षामा पानी चुहिन थालेपछि अख्तियारमा बेनामी उजुरी परेको स्रोतहरुको दाबी छ ।

क्यान्सर रोगको सेकाई गर्ने लिन्याक मेसिन खरीद गर्दा सप्लाई गर्ने कम्पनीबाट खरिद सम्झौता भन्दा विपरितको एचएस कोड र कन्ट्री अफ ओरिजिनको मेसिन अस्पतालमा आएको विषयमा अख्तियारमा उजुरी परेको स्रोतको दाबी छ । अख्तियारको अनुसन्धानको चरणमा रहेको भन्दै अस्पतालले सप्लायर्श कम्पनीको केही रकम भुक्तानी समेत रोकेको छ । भुक्तानी रोकिएकै कारण मेसीनमा समस्या आउँदा वारेन्टी अवधिमा समेत कम्पनीले मरमत नगरिदिँदा हाल खजुरा क्यान्सर अस्पतालमा सेकाईको काम ठप्प छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै छानबिन समिति बनाएर मेसिनले काम गरेको आधारमा बाधा अड्काउ फुकाउने प्रतिबेदन बुझाएको थियो । मेसिन सञ्चालनमा आएको १ वर्ष बढी हुँदा पनि मन्त्रालयबाट आवश्यक निर्माण नहुँदा भुक्तानी प्रक्रिया रोकिएको अस्पताल प्रशासन निकट स्रोतले जनायो ।

अस्पताल प्रशासनले फरक परेको कोड र कन्ट्री अफ ओरिजिनका बारेमा सहजिकरण गरिदिन पटक पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपनि मन्त्रालयले सहजिकरण नगरिदिएपछि लिन्याक मेसिन खरिदको विवाद कायम रहेको छ । लिन्याक मेसिनमा समस्या देखिएपछि मरमतका लागि प्राबिधिक पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको अस्पतालका सूचना अधिकारी डा. प्रविण गुप्ताले बताए । ‘मन्त्रालयबाट प्राबिधिक माग गरिएको छ,’ उनले भने, ‘छिटो भन्दा छोटो मेसिन सञ्चालनको प्रयासमा अस्पताल प्रशासन लागेको छ ।’

०७९ पुसमा अस्पतालमा झरेको मसिन विवादकै कारण जडान भएको ३ महिना पछिमात्र मात्र संचालनमा आएको थियो । अस्पतालका पूर्व निर्देशक डा. प्रकाश प्रसाद साहले भुक्तानीको आश्वासन दिँदै सप्लायर्सबाट प्राबिधिक झिकाएर लिन्याक संचालन गराएका थिए । तर सप्लायसैले भुक्तानीको दवाव बढाएपछि भुक्तानी गर्दा अख्तियार लाग्ने डरले उनी सरुवा मिलाएर हिँडेको स्रोतहरुको दाबी छ ।

मन्त्रालयलाई सहजिकरणका लागि भएको आग्रह बमोजिम मन्त्रालयबाट छानबिन समिति समेत गठन भएको थियो । छानबिन समितिले खरिद सम्झौता र भन्सार भएको कागजमा एचएस कोड र कन्ट्री अफ ओरिजिन फरक परेको स्वीकार गर्दै मसिनको गुणस्तरका विषयमा संचालनमा आएपछि भन्न सकिने प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा मसिन जडान भइ संचालनमा आएपनि फरक परेको कोड र कन्ट्री अफ ओरिजिनका बारेमा मन्त्रालयबाट ठोस निर्णय नहुँदा मेसिनको बाँकी रकम भुक्तानी रोकिएको हो ।

२७ करोड बढी मूल्यमा खरिद सम्झौता भएको मेसिनको ६० प्रतिशत रकम सप्लायर्शले लगिसकेको छ भने ८ लाख ६ हजार डलर अझै भुक्तानी दिनुपर्ने देखिएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।

मेडि सोलुसनले सप्लाई गरेको नयाँ मेसिन खरिद लन्डनबाट सप्लाई दिने सम्झौता भएको तर भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौतामा मेसिनको कन्ट्री अफ ओरिजिन र एचएस कोड फरक पाएपछि मेसिनको भुक्तानी हुन नसकेको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  २ : ४१ बजे

दिउँसै लालटिन बालेर विरोधमा उत्रिए कानुन व्यवसायी

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा नियुक्त ढकालले गरिन पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नवनियुक्त अस्पताल विकास समिति

खजुरा क्यान्सर अस्पताल सम्बन्धी उजुरीको फायल खोतल्दै अख्तियार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित हुनु संसदीय परम्पराविपरीत : अमरेशकुमार सिंह

काठमाडौं । अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको