५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुंदे सहमति, ६० किलो सुन प्रकरणको अभियोजन सीआईबीले नै गर्ने

पटक पटकका सुन तस्करीको छानबिन गर्न जाँचबुझ आयोग गठन हुने



काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

बुधबार बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दुई बुँदे सहमति भएको हो । बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको सुन तसकरी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धान पुरा गरि सीआईबीले नै अभियोजन गर्ने समेत निर्णय गरेको छ ।

बैठकले विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको तथा गत श्रावण २ गते ब्रेक(समा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन सहित लगायत पटक पटक सुन तस्करी भई मुलुक भित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानविन गर्न यसअघि भएका छानविन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आगामी असोज ५ गते सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

योसँगै माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  २ : ३४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र