१९ बैशाख २०८३, शनिबार | May 2, 2026

लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु : उपाध्यक्ष लामा



लुम्बिनी । संविधानसभा सदस्य लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनीको विकासको निम्ति आफू लुम्बिनी आएको बताएका छन् ।

लुम्बिनी बुद्ध धर्म संरक्षण समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका डा. लामाले आफू लुम्बिनीको विकास गर्ने गरी आएको बताएका हुन ।

विश्वभरका सवा अर्व बौद्धमार्गीहरूको सबैभन्दा ठूला पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रुपमा रहेको भन्दै यसको विकास र संरक्षण गर्नु आफ्नो मुल दायित्व रहेको बताए ।

उपाध्यक्ष डा.लामाले लुम्बिनीमा रहेको बत्तीको समस्या, भित्र सडक मार्ग र भ्रमण गर्ने महत्त्वपूर्ण स्थानहरुमा सौचालयको व्यवस्था र वस्तुभाउ लुम्बिनी परिसर भित्र आएर फोहोर गरेको समस्या भएकाले तत्काल उक्त समस्याहरुको हल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका अध्यक्ष मैत्री महास्थविर, सचीव भिक्षु सिरी वजिरलेसमग्र विहार तथा गुम्बाहरुको समस्याबारे ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ७ : ५३ बजे

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको