७ श्रावण २०८३, बिहिबार | July 24, 2026

भारतीय दूधको खुल्ला आयातले बाँकेका दुघ्द उत्पादक किसान मर्कामा



नेपालगन्ज । नेपालगन्ज यस आसपासमा भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको दुघ्द किसानहरुले गुनासो गरेका छन् । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको उनीहरुले बताएका छन् ।

हरेकदिन ठुलो परिमाणमा भारतीय दूध आएर नेपाली किसानको ब्यवसायलाई धारासायी बनाएको भन्दै जिल्ला दुग्ध व्यवसायी संघ, बाँकेले भारतबाट आउने गरेको दूधमा रोक लगाउन माग गरेको छ । संघले दूधमा रोक लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिमामा ज्ञापन पत्र बुझाएका छन् ।

संघका अध्यक्ष दीपकराज भण्डारीले भारतबाट दैनिक भित्रिने आठ हजार बढी लिटर दूधका कारण नेपाली किसान मारमा परेको बताए । जिल्ला प्रशासन र नेपालगन्ज उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको जानकारी दिदै अध्यक्ष भण्डारीले केही दिनभित्रै भारतीय दूध आयातमा रोक नलगाए आन्दोलन गर्ने चेतावनी दिए ।

संघका पूर्वअध्यक्ष बदरुद्दिन अन्सारीका अनुसार, बाँकेमा २४ हजार लिटर दूध उत्पादन हुन्छ । बर्दिया जिल्लाबाट ७ हजार लिटर दूध आउँछ । जिल्लाबाट सात हजार लिटर अन्यत्र जिल्लामा जान्छ । बाँकेमा दैनिक २२ हजार लिटर दूध खपत हुन्छ । भारतबाट भित्रिने दूध बढी भइरहेको छ । भारतबाट ८ हजार लिटर दूध भित्रिदा त्यही बराबरको नेपाली किसानको दूध बिक्री हुन सकेको छैन ।

बाँकेमा पालिका अनुसार हेर्दा बैजनाथ गाउँपालिकामा तीन हजार लिटर, नरैनापुर गाउँपालिकामा तीन हजार लिटर, राप्तीसोनारी गाउँपालिकामा दुई हजार पाँच सय लिटर, खजुरामा तीन हजार पाँच सय लिटर, कोहलपुरमा दुई हजार पाँच सय लिटर, नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार पाँच सय लिटर, जानकी गाउँपालिकामा तीन हजार लिटर, डुडुवा गाउँपालिकामा पाँच हजार लिटर दूध उत्पादन हुने गर्दछ ।

पछिल्लो दिनमा भारतबाट भित्रिने दूधको रेकर्ड नै छैन । क्वारेन्टाइन र भन्सार कार्यालयले रेकर्ड नराखेको किसानको गुनासो छ । नेपाली किसानले भारतबाट भित्रिने दूधको रेकर्ड राख्न, भन्सार लिएर छोड्न तथा गुणस्तर मापन गर्न आग्रह गरेका छन् । भारतीय दूधलाई भन्सार लगाउन सकेमा मात्र नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्ने अध्यक्ष भण्डारीको भनाई छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : ११ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी