१३ श्रावण २०८३, बुधबार | July 30, 2026

अक्सफोर्ड कलेज बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा शुक्रबार दोस्रो मेगा फुड फेस्ट तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव, रक्तदान तथा सांगीतिक कार्यक्रम भएको हो ।

क्याम्पस प्रमुख मनोज मरासिनीले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा गएको बताए ।

त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दामी समेत गर्न थालेको मरासिनीले बताए । २०५९ सालमा स्थापना भएको कलेजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । २०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्धितीय भएको थियो ।

त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम र बिआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम भएको क्याम्पसका बिएचएम तथा बिआइएमका संयोजक ओमबहादुर कार्कीले बताए । कलेजमा बिबिएस, बिएड, बिआइएम र बिएचएम मा गरी १ हजार २६५ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ४ : ३९ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ