१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अक्सफोर्ड कलेज बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा शुक्रबार दोस्रो मेगा फुड फेस्ट तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव, रक्तदान तथा सांगीतिक कार्यक्रम भएको हो ।

क्याम्पस प्रमुख मनोज मरासिनीले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा गएको बताए ।

त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दामी समेत गर्न थालेको मरासिनीले बताए । २०५९ सालमा स्थापना भएको कलेजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । २०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्धितीय भएको थियो ।

त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम र बिआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम भएको क्याम्पसका बिएचएम तथा बिआइएमका संयोजक ओमबहादुर कार्कीले बताए । कलेजमा बिबिएस, बिएड, बिआइएम र बिएचएम मा गरी १ हजार २६५ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ३९ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा