२९ माघ २०८२, बिहिबार | February 12, 2026

माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी पास सुविधा



काठमाडौ । डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका निभाउदै आएको माछापुच्छ्रे  बैंक लि.ले प्रायोरिटी पास एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ ।

जस अन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के. ले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थित 1400+ एयरपोर्टमा रहेका Airport Lounges हरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

प्रायोरिटी पासले उडान गर्नु अघि, Airport Lounges अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजाको आनन्द लिन वा निशुल्क Wi-Fi प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्दछ ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ९ : ३० बजे

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल