६ पुस २०८२, आइतबार | December 21, 2025

माडागास्करमा भागदौंडमा परी १२ को मृत्यु



काठमाडौं । अफ्रिकी देश माडागास्करमा एउटा ठूलो दुर्घटना भएको छ । मेडागास्करमा आयोजित इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा भागदौड मच्चिएको थियो, जसमा १२ जनाको मृत्यु हुन पुगेको छ ।

सो दुर्घटनामा परेका ८० जना घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रहरीले जनाएको छ । राष्ट्रपतिले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जनतालाई मौन बस्न आह्वान गरेका छन् ।

विदेशी सञ्चारमाध्यमका अनुसार इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह शुक्रबार मेडागास्करको बरिया स्टेडियममा भएको थियो । कार्यक्रममा करिब ५० हजार दर्शकको उपस्थिति रहेको थियो । सो क्रममा रंगशालाको प्रवेशद्वारमा भागदौड मच्चिएको थियो । भागदौडमा १२ जनाको मृत्यु भएको थियो ।

मेडागास्करका प्रधानमन्त्री क्रिस्चियन न्त्से अस्पताल पुगेका छन् । यस क्रममा उनले पत्रकारहरुलाई भने कि भागदौडमा करिब ८० जना घाइते भएका छन, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ८ : ०८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र