९ बैशाख २०८३, बुधबार | April 22, 2026

माडागास्करमा भागदौंडमा परी १२ को मृत्यु



काठमाडौं । अफ्रिकी देश माडागास्करमा एउटा ठूलो दुर्घटना भएको छ । मेडागास्करमा आयोजित इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा भागदौड मच्चिएको थियो, जसमा १२ जनाको मृत्यु हुन पुगेको छ ।

सो दुर्घटनामा परेका ८० जना घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रहरीले जनाएको छ । राष्ट्रपतिले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जनतालाई मौन बस्न आह्वान गरेका छन् ।

विदेशी सञ्चारमाध्यमका अनुसार इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह शुक्रबार मेडागास्करको बरिया स्टेडियममा भएको थियो । कार्यक्रममा करिब ५० हजार दर्शकको उपस्थिति रहेको थियो । सो क्रममा रंगशालाको प्रवेशद्वारमा भागदौड मच्चिएको थियो । भागदौडमा १२ जनाको मृत्यु भएको थियो ।

मेडागास्करका प्रधानमन्त्री क्रिस्चियन न्त्से अस्पताल पुगेका छन् । यस क्रममा उनले पत्रकारहरुलाई भने कि भागदौडमा करिब ८० जना घाइते भएका छन, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ८ : ०८ बजे

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज