२० भदौ २०८३, शनिबार | September 5, 2026

काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना



काभ्रे । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।

बागमती प्रदेश सरकार र सङ्घीय सरकारबाट चालु आवका लागि विनियोजित बजेटबाट यस वर्ष जिल्लामा तीन सय ७५ वटा सिँचाइ योजना सञ्चालन हुने भएका हुन् । कार्यालयका सूचना अधिकारी इञ्जिनियर दीपक थापाका अनुसार यस वर्ष जिल्लामा सञ्चालन हुने ठूला सिँचाइका आयोजनामा नमोबुद्ध नगरपालिका-८ मा रु एक करोड १७ लाखको पिपलटार सिँचाइ योजना, रोशी गाउँपालिका-४ मा रु ९० लाखको कटुञ्जबेँसी लिफ्ट सिँचाइ (सोलार प्रणाली) योजना, नमोबुद्ध-२ मा रु ९० लाखको काशीखण्ड सिँचाइ योजना, नमोबुद्ध-६ मा रु ८० लाखको जाइफल डेडा तल्लोबेँसी सिँचाइ योजनाका लागि बजेट विनियोजन भएको छ ।

यस्तै खानीखोला गाउँपालिका-७ मा रु ९० लाखको बागमती दुर्लुङ दोभान बोरनवेशी महाँकाल बृहत् सिँचाइ आयोजना, रोशी-९ मा रु ८० लाखको मङ्गलटार लिफ्ट सिँचाइ योजना र सोही गाउँपालिका वडा नं ६ मा रु दुई करोडको महाभारत सेती शिकारी लेखपानी कालीञ्चोक खार्पाचोक सिँचाइ योजनाको काम हुने थापाले बताए । उनका अनुसार चालु आवमा निर्माण हुने ठूला सिँचाइ योजनामध्ये कटुञ्जेबेँसी लिफ्ट सिँचाइ, जाइफल डेडा तल्लोबेँसी र बागमती दुर्लुङ दोभान बोरनबेँसी सिँचाइ योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघिल्लो आवमै सकिएको हो ।

चालु आवमा बागमती प्रदेश सरकारबाट सिँचाइका ठूला साना गरी तीन सय ५२ योजनाअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकामा ३८, मण्डनदेउपुर नगरमा ३९, भुम्लु गाउँपालिकामा २०, धुलिखेल नगरमा २४, बनेपा नगरमा १५, पनौती नगरमा साना ठूला सिँचाइ गरी २३ योजना, नमोबुद्ध नगरमा २६, रोशीमा ५६, तेमालमा २५, महाभारतमा २६, खानीखोलामा २१, बेथानचोकमा १३ र चौरीदेउराली गाउँपालिकामा २६ वटा योजनामा बजेट विनियोजन भएको कार्यालयले जनायो ।

यस वर्ष सङ्घीय सरकारबाट भने करिब २५ वटा योजनामा बजेट विनियोजन गरिएको छ । आयोजना सञ्चालनार्थ ठेक्का आह्वान तथा सम्झौता प्रक्रियाको काम भइरहेको थापाले बताए । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।

कार्यालयले गत आवमा कूल सिँचाइ योजनामध्ये ८९ प्रतिशतको निर्माणकार्य सम्पन्न गरेको जनाएको छ । जसमध्ये प्रदेशतर्फका एक सय १३ मध्ये एक सय आठ र सङ्घीय सरकारतर्फका ६० योजनामध्ये ४६ वटाको काम सम्पन्न गरेको थापाले बताए । गत वर्षबाट सुरु गरिएका १३ वटा बहुवर्षीय सिँचाइका योजनामध्ये पाँच योजनाको काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ९ : ०८ बजे

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो