१९ पुस २०८२, शनिबार | January 4, 2026

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध



उदयपुर । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका-६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको निरन्तर वर्षाका कारण शुक्रबार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

मदन भण्डारी लोकमार्गमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंबाट पूर्व आउँदै गरेका सवारी साधन जिल्लाको कटारी क्षेत्रमा रोकिएका छन् । पूर्वबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन उदयपुरको गाईघाटमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए ।

शुक्रबार बिहानैदेखि अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण र ठूलो परिमाणमा सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुङ्गासहित लेदो खसेका कारण सडक खुलाउन कठिन भइरहेको सो सडक डिभिजनका प्रमुख ९डिइ० गोपालप्रसाद खकुरेलले बताए ।

अझै निरन्तर वर्षा जारी रहेको र पहिरोमा झण्डै पचास मिटर क्षेत्रफलभन्दा बढी सडक खण्डमा माटो र ठूला ढुङ्गा खसेका कारण हटाउन कठिन भइरहेको उनले बताए ।

प्रहरीका अनुसार उदयपुगढीको मौवासीमा पहिरोका कारण यसपटक यो तेस्रोपटक सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सडक खुलाउन सडक कार्यालयसहितका प्राविधिक, मजदूर र कर्मचारी निरन्तर लागिपरेको प्रमुख खकुरेलले बताए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  १ : ४२ बजे

बेलहिया नाकाबाट एक वर्षमा एक लाखभन्दा बढी पर्यटक भित्रिए

बुटवल । स्थलमार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको

अन्तरालमा पलेटी कस्दै बीपीका कवितामा भिजे दर्शकस्रोता

नेपालगन्ज । हुरीमा पनि जीवनगीत गुनगुनाइरहनेछु झरीको पनि यात्रागान सुनाइरहनेछु

बाघको आक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

नेपालगन्ज । २ महिनाका बीच पाटेबाघको आक्रमणबाट बाँकेमा थप एक

एमाले बाँकेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस

नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि

कांग्रेस विधानको धारा १७(२) विशेष महाधिवेशनका लागि वाध्यकारी प्रावधान – कानुनविदहरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा फरकमत राखेका कांग्रेस महामन्त्रीद्वय