६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

छोरा सारुकको वियोगमै बिते कलाकार सानु ताम्राकार



काठमाडौं । कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

उनले भने, “विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन । उहाँलाई आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने तयारी छ ।”

अध्यक्ष निरौलाले कलाकार ताम्राकारको निधनले सङ्घसँगै आफू पनि मर्माहत भएको बताए । ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरका कलाकार ताम्राकारकी श्रीमती रुकमणि ताम्राकार हुन । ताम्राकारका छोरा सारुक ताम्राकारले गत असार २१ मा आत्महत्या गरेका थिए । छोराले आत्महत्या गरेयता उनी अस्वस्थ थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ४३ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र