१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान



बाजुरा । जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थयात्री त्यसतर्फ लागेका हुन् ।

बडीमालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू बडीमालिका जाने गर्दछन् । खप्तडमा लाग्ने गङ्गादशहरा मेलाका समयमा स्थानीय निकायका उच्चपदस्थ व्यक्तिले यहाँ दर्शन तथा पूजाआरधाना गर्दै आएका छन् ।

बडीमालिकाको दर्शनले धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रही आएको बडीमालिकाका पुजारी भानुभक्त पाध्यायले बताए । उनका अनुसार बडीमालिका बरदायी शक्तिस्वरुपा माता भएकाले देश तथा विदेशबाट पनि एकपटकका लागि मात्र भएपनि यहाँ आउने गरेका छन् । बडीमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट सरकारी पूजा लैजाने गरिन्छ ।

सरकारी पूजाका लागि बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेतृत्वको टोली आइतबार बडीमालिकामा प्रस्थान गरेको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधिसमेत सहभागी छन् । हरेक वर्ष जिल्लाका चार शक्तिपीठमा पूजा आरधाना गर्ने प्रचलन छ । जिल्लाका बडीमालिका, बूढीनन्दा, बडालेख, दुनलेख, सुनन्दालगायत शक्तिपीठमा एकैदिन पूजा लाग्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए ।

उनका अनुसार धार्मिक तथा पर्यटीय क्षेत्रको प्रवद्र्धन र आन्तरिक पर्यटक बढाउनका लागि आवश्यक पहल गर्न जरुरी रहेको छ । बडीमालिका र बूढीनन्दालाई राज्यले पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेर उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना अघि सार्नुपर्छ ।

बडीमालिका र बूढीनन्दाको तीर्थयात्रा सुरु

बडीमालिकाको तीर्थयात्रा आजदेखि सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरासहित विभिन्न जिल्लाका तीर्थयात्री यात्रामा यात्रामा सहभागी छन् । पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुदर्शीका दिन बडीमालिकासहित अन्य शक्ति पीठमा एकैसाथ पूजा लाग्ने गर्छ ।

बडीमालिकाको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भएकाले अधिकांश श्रद्धालु भक्तजन बडीमालिकाको दर्शन गर्न आउने गरेको त्यहाँका पुजारी नेत्रप्रसाद पाध्यायले बताए ।

निःसन्तानलाई सन्तान दिने र मागेको बार पूरा हुने भएकाले श्रद्धालु भक्तजनको बडीमालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ थियो । बडीमालिकाको पूजाका लागि डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पूजा बाजुरामा आइपुगेको छ । बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट ल्याइएको सरकारी पूजा सकेपछि अन्यभक्तजनले दर्शन गर्ने प्रचलन रहिआएको छ ।

बूढीनन्दामा पनि यात्रा सुरु

जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको बूढीनन्दामा आउने भक्तजनको तीर्थ यात्रा पनि सुरु भएको छ । बडीमालिकासँगै बूढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ । धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरु छन् ।

बडीमालिका र बूढीनन्दा बहिनी भएकाले उनीहरु दुबैको चतुर्दशीकै दिन पूजा हुने गरेको हो । यस वर्ष पहिलो पटक बूढीनन्दामा पनि सरकारी पूजा हुने भएको छ ।

चार शक्ति पिठमा एकैसाथ पूजा

जिल्लाका धार्मिक तथा पर्यटीकय क्षेत्र रहेका बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकैसाथ पूजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेका ती चार शक्तिपिठमा आआफ्नै ठाउँमा पूजा आराधना गरेर मेला भर्ने गरिन्छ ।

बडीमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकैसाथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडीमालिकालगायत अन्य तीर्थयात्रा गर्न नपाइने धार्मिक मान्यता रहिआएको छ । बडीमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा घरमा घटना हुने वा अन्य कुनै क्षति हुने जनविश्वास रहिआएकाले आआफ्नै ठाउँमा पूजा मेला गर्ने गरिएको बताइन्छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : २१ बजे

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट