१७ असार २०८३, बुधबार | July 1, 2026

बुटवलमा भदौ २२ देखि ७ औं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता



बुटवल । रूपन्देही पुल तथा स्नुकर संघको आयोजनामा बुटवलमा ७ औं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ । यही भदौं २२ गतेदेखि बुटवलको अमरपथमा अवस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक नगद ५० हजार राशीसहित कप तथा मेडल प्राप्त गर्ने अध्यक्ष सुजन पुनले जानकारी दिए ।

विभिन्न क्लबका १५० बढी खेलाडी सहभागी हुने प्रतियोगिताका लागि १ हजार प्रवेश शुल्क व्यवस्था गरिगको छ भने प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।
२०६८ सालमा स्थापना भई निरन्तर खेल गतिविधि सञ्चालन गर्दै आएको संघले स्नुकरप्रति विगतको नकारात्मक धारणालाई चिर्न सफल भएको अध्यक्ष पुनले दाबी गरे । विगतमा कुलतमा बसेका र बेरजगार युवाहरु मात्रै खेल्ने खेलको रुपमा गलत धारणा हुने गरेको स्मरण गर्दै उनले त्यो अवस्थाबाट आजको स्थितीमा आउन सकेको उल्लेख गरे ।

प्रतियोगितामा द्वितीय हुनेले नगद २५ हजार पुरस्कार राशीसहित ट्रफी र प्रमाण-पत्र प्राप्त गर्ने छ । विधागत तर्फ हाई स्कोरलाई १० हजार, उदयमान खेलाडीलाई ५ हजार, अनुशासित खेलाडी खेलाडीलाई तथा , पूर्ण स्कोर (१४७) ल्याउने खेलाडीलाई १ लाख नगद राशीसहित ट्रफी र प्रमाण-पत्रले सम्मान गरिने आयोजकले जनाएको छ । रुपन्देही जिल्ला भित्रका खेलाडी सहभागी हुने प्रतियोगिताका लागि भाद्र १८ गतेसम्म दर्ता भई भाद्र २० गते टाईसिट सार्वजनिक गरिने वरिष्ठ उपाध्यक्ष बासु प्रधानले जानकारी दिए ।

प्रतियोगितालाई मर्यादित बनाउनका लागि खेल खेल्दा क्वाटर फाईनलबाट सर्ट पाईन्त र जुक्ता अनिवार्य लागाउनु पर्ने व्यवस्था गरिएको महासचिव  शंकर खड्काले जानकारी दिए । स्नुकर खेलप्रति विगतको दृष्टिकोण परिवर्तन भई सकारात्मक हुन थालेको भन्दै संघका वरिष्ठ सल्लाहकार सञ्जयरत्न बज्राचार्यले यस्ता प्रतियोगिताहरुले खेलाडीलाई थप हौसला प्राप्त हुने उल्लेख गरे । स्नुकर खेलप्रति सकारात्मक धारणा स्थापित गर्न सफल भए पनि राज्यले चासो नदिएको उनले गुनासो गरे । रुपन्देहीमा हालिम्म ४४ वटा क्लब दर्ता भएका छन् भने १ हजार बढी खेलाडीहरु रहेको संघले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ६ : ०४ बजे

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै