६ पुस २०८२, आइतबार | December 21, 2025

स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत हो : प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत भएको बताएका छन् ।

सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेशी तारिख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उहाँले उक्त प्रविधिबाट पेशी तारिख तोक्दा न्याय व्यवस्थापनमा सहज र न्यायिक सुशासन कायम हुने बताए ।

“यो प्रणालीले कर्मचारी र सेवाग्राहीलाई पनि निश्चितता हुने वातावरणको सिर्जना भएको छ”, उनले भने, “एउटा सुधारको प्रक्रियामा अगाडि बढेको छ, यो पेशी व्यवस्थापन कडी हो ।”

प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारीले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्न यस प्रणालीबाट सहज हुने विश्वास व्यक्त गरे ।

उनले उक्त प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको र यो सर्वोच्च अदालतमा सफल भएमा अन्य ठूला मुद्दा भएका अदालतमा पनि लागू गर्न सकिने बताए ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ६ : १३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा