७ मंसिर २०८३, सोमबार | November 23, 2026

लम्पी स्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुङ्ग्याउन निर्देशन



काठमाडौं । देशभर पशु चौपायामा देखिएको लम्पी स्किन रोकबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको एनडेकको ५१ औँ बैठकले तत्काल यस्तो कार्यविधि बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

“लम्पी स्किन रोगबाट मरेका पशुचौपायाको क्षतिपूर्तिको विषय छिटो अगाडि बढाउने निर्णय भएको छ । यो रोगबाट किसानलाई पुगेको आर्थिक क्षतिको आकलन गरि क्षतिपूर्ति कसरी वितरण गर्ने भन्नेबारे तत्काल कार्यविधि बनाई पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ”, एनडेकको निर्णयबारे जानकारी दिनुहुँदै राष्ट्रिय योजना आयोगका प्रवक्ता सुमन दाहालले भने, “क्षतिपूर्तिको विधि कस्तो बनाउने भनेर कृषि मन्त्रालयलाई खाका पेश गर्न भनिएको छ ।”

विभिन्न पूर्वाधार आयोजनामा प्रभावकारी समन्वय हुन नसक्दा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्न एनडेकले निर्देशक दिएको पनि दाहालले बताए । “हामीले बनाउने पूर्वाधारको युटिलिटी कोअर्डिनेसन पुगेको छैन भन्ने विषय एउटा एजेन्डा थियो । यसलाई समाधान गर्नका लागि के गर्न सकिन्छ भनेर सम्बन्धित निकायमार्फत सुझाव पेश गर्न भनिएको छ । तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दाका समस्या समाधानका लागि पनि आवश्यक कदम चाल्ने निर्णय भएको छ”, उनले भने ।

समानीकरण अनुदान बढाउनुपर्ने र सःशर्त अनुदानको हिस्सा घटाउनुपर्ने भन्दै प्रदेश र स्थानीय तहले राख्दै आएको मागको विषय पनि एनडेकको बैठकमा छलफल भएको दाहालले जानकारी दिए ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयबीच जनशक्ति समायोजन गर्ने तथा भौतिक पूर्वाधार र जग्गा व्यवस्थापनबारे अध्ययन गरी दुई महिनाभित्र पेश गर्न योजना आयोगको शिक्षा क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

त्यस्तै, जग्गाको खण्डीकरण रोक्नका लागि अपनाउनुपर्ने उपायबारे सुझाव दिन आयोगमा भूमि व्यवस्थापनसम्बन्धी क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ । यो कार्यदललाई तीन महिनाभित्र प्रतिवेदन बुझाइसक्न भनिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ७ : ०७ बजे

Your email address will not be published.

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति

झापामा १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्दै

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र

जलवायु सम्मेलन निष्कर्षविहीन, गुटेरेसले व्यक्त गरे गहिरो निराशा

काठमाडौँ । जलवायु परिवर्तनको गम्भीर संकट समाधानका लागि विश्व समुदायबीच