१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सवारी दुर्घटनामा १७ वटा भैँसी/पाडा मरे



नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परी पल्टिन जाँदा ट्रकमा लोड गरिएका ३६ वटा भैँसी र पाडामध्ये १७ वटा भैँसी र पाडा मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

दुर्घटनामा मानवीय क्षति नभएको र ट्रकमा रहेका १९ वटा भैँसी÷पाडा जीवितै रहेको उनले बताए । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ११ : ४८ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर