२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

दसैंको १४ दिन अवधिमा लुम्बिनी प्रदेशमा ५३६ सवारी दुर्घटना, २२ जनाको मृत्यु



बुटवल । बडादसैँको १४ दिनको अवधिमा लुम्बिनी प्रदेशमा मात्र ५ सय ३६ वटा सवारी दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । घटस्थापना अर्थात असोज ६ गतेदेखि १९ गतेसम्मको १४ दिनको अवधिमा प्रदेशका १२ वटा जिल्लामा ५ सय ३६ सवारी दुर्घटना हुँदा २२ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परि १ सय ४८ जना गम्भीर घाइते र ५८७ जना सामान्य घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा धेरै सवारी दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रवक्ता डीएसपी दीपेश बस्यालले जानकारी दिए ।

ढीएसपी बस्यालका अनुसार मृत्यु हुनेमा पुरुष १२ जना, महिला ७ जना र बालबालिका ३ जना रहेका छन् । गम्भीर घाइते हुनेमा पुरुष ९६ जना, महिला ३२ जना र बालबालिका १९ जना छन् । प्रहरीका अनुसार सबैभन्दा बढी पुरुष सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार सामान्य घाइतेतर्फ ३ सय ७४ जना पुरुष, ४८ जना महिला र ७७ जना बालबालिका छन् ।

दसैँको १४ दिनको अवधिमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएको तथ्यांकले देखाएको छ । डीएसपी बस्यालका अनुसार रुपन्देहीमा १ सय ३५ सवारी दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । यस्तै २० जना गम्भीर घाइते र १ सय १९ जना सामान्य घाइते भएका छन् ।

यस्तै बाँकेमा ९९ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १६ जना, सामान्य घाइते १ सय ४० जना भएका छन् । बर्दिया जिल्लामा ९३ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५५ जना गम्भीर घाइते भएका छन् । यहाँ ५३ जना सामान्य घाइते भएका छन् ।

यसैगरी नवलपरासी जिल्लामा ५० सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ५७ जना सामान्य घाइते भएका छन् । कपिलवस्तु जिल्लामा ४४ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनका साथै २६ जना गम्भीर घाइते र ६३ जना सामान्य घाइते भएका छन् । पाल्पा जिल्लामा २३ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यी दुर्घटनामा एक जना गम्भीर घाइते र ४० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्युठानमा १३ वटा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते, १४ जना सामान्य घाइते भएका छन् । रोल्पामा ७ वटा सवारी दुर्घटना हुँदा १३ जना सामान्य घाइते भएका छन् । पूर्वी रुकुममा एक सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन् ।

त्यसैगरी गुल्मीमा १९ सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते र २३ जना सामान्य घाइते भएका छन् । यस्तै अर्घाखाँचीमा १० वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते र २८ जना सामान्य घाइते भएका छन् । दाङमा ५० सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १९ जना र सामान्य घाइते ३७ जना भएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : १७ बजे

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा

‘मोबाइल’को निउँमा भनाभन हुँदा…

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको