२ चैत्र २०८२, सोमबार | March 17, 2026

टाइगर प्यालेसमा रहेको बाउन्नकोटी मन्दिरको पुजा आज देखि सुचारु



बुटवल । भैरहवाको टाइगर प्यालेस रिसोर्ट परिसरमा रहेको बाउन्नकोटी देवीको मन्दिरमा आज देखि नियमित पुजा शुरु भएको छ । टाइगर प्यालेस रिसोर्ट नयाँ व्यावस्थापनले जिम्मा लिएपछि स्थानीयहरुको आस्थाको धरोहर बाउन्नकोटी देबी मन्दिरमा आज क्षमापूजा गरि नियमित पुजा शुरु गरिएको हो ।

विहान ९ बजेको शुभसाइतमा ७ जना ब्रामणबाट स्वस्तिवाचन गरि विधिपूर्वक क्षमापूजा गरिएको थियो । क्षमापूजा पछि १ जना ब्रामणले विहान बेलुकी नियमित पुजा गर्ने प्रबन्ध मिलाइएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धीसागर सुबेदीले बताए । सुबेदीका अनुसार चैते दशै र बडादशैमा देवीको पाठ लगाई कालरात्रिको दिनमा सवैकालागी मन्दिर खुल्ला गरिने छ । कसैको विशेष पुजा वा भाकल भएमा रिसोर्टको व्यावस्थापनसंग समन्वय गरि अन्य दिनमा पनि पुजाकालागी खुल्ला गरिने ब्यवस्थापनले जनाएको छ । रिसोर्टका अध्यक्ष सुबेदी आफै कर्ता बसी पुजा सम्पन्न गरेका थिए ।

क्षमापुजामा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, वार्ड न १३ का वार्ड अध्यक्ष नारायण ढकाल, रिसोर्टका संचालकहरु दिपक गौतम र देव भुसाल, प्रमुख कार्यकारी अधिकृत दिपक लेखक सहित आमा समुहहरु, स्थानीय अगुवा तथा रिसोर्ट वरपरका बासिन्दाहरुको उपस्थिति रहेको थियो । पुजामा आमासमुहरुबाट भजन कृतन गरिएको थियो ।

हाम्रो आस्था र भावनासंग जोडिएको मन्दिरमा पुजा नियमित हुने भएपछि खुसी व्यक्त गर्दै ८० बर्षिय सन्तमदेवी सेनले भनीन् “यो मन्दिरमा रहेको शालिग्रामलाई चाँदीको थालिमा जलमा डुबाएर राख्नु र बटा दशैमा देविको पाठ लगाउन, पूजा नियमित गर्नु मन्दिर वरिपरि सफा गरेर फुल रोप्नु देविको शक्ति प्राप्त हुनेछ । पूजा नियमित संचालन हुने भएपछि अन्य स्थानीयहरुले पनि खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  १० : ०२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित