२४ बैशाख २०८१, सोमबार | May 7, 2024

टाइगर प्यालेसमा रहेको बाउन्नकोटी मन्दिरको पुजा आज देखि सुचारु



बुटवल । भैरहवाको टाइगर प्यालेस रिसोर्ट परिसरमा रहेको बाउन्नकोटी देवीको मन्दिरमा आज देखि नियमित पुजा शुरु भएको छ । टाइगर प्यालेस रिसोर्ट नयाँ व्यावस्थापनले जिम्मा लिएपछि स्थानीयहरुको आस्थाको धरोहर बाउन्नकोटी देबी मन्दिरमा आज क्षमापूजा गरि नियमित पुजा शुरु गरिएको हो ।

विहान ९ बजेको शुभसाइतमा ७ जना ब्रामणबाट स्वस्तिवाचन गरि विधिपूर्वक क्षमापूजा गरिएको थियो । क्षमापूजा पछि १ जना ब्रामणले विहान बेलुकी नियमित पुजा गर्ने प्रबन्ध मिलाइएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धीसागर सुबेदीले बताए । सुबेदीका अनुसार चैते दशै र बडादशैमा देवीको पाठ लगाई कालरात्रिको दिनमा सवैकालागी मन्दिर खुल्ला गरिने छ । कसैको विशेष पुजा वा भाकल भएमा रिसोर्टको व्यावस्थापनसंग समन्वय गरि अन्य दिनमा पनि पुजाकालागी खुल्ला गरिने ब्यवस्थापनले जनाएको छ । रिसोर्टका अध्यक्ष सुबेदी आफै कर्ता बसी पुजा सम्पन्न गरेका थिए ।

क्षमापुजामा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, वार्ड न १३ का वार्ड अध्यक्ष नारायण ढकाल, रिसोर्टका संचालकहरु दिपक गौतम र देव भुसाल, प्रमुख कार्यकारी अधिकृत दिपक लेखक सहित आमा समुहहरु, स्थानीय अगुवा तथा रिसोर्ट वरपरका बासिन्दाहरुको उपस्थिति रहेको थियो । पुजामा आमासमुहरुबाट भजन कृतन गरिएको थियो ।

हाम्रो आस्था र भावनासंग जोडिएको मन्दिरमा पुजा नियमित हुने भएपछि खुसी व्यक्त गर्दै ८० बर्षिय सन्तमदेवी सेनले भनीन् “यो मन्दिरमा रहेको शालिग्रामलाई चाँदीको थालिमा जलमा डुबाएर राख्नु र बटा दशैमा देविको पाठ लगाउन, पूजा नियमित गर्नु मन्दिर वरिपरि सफा गरेर फुल रोप्नु देविको शक्ति प्राप्त हुनेछ । पूजा नियमित संचालन हुने भएपछि अन्य स्थानीयहरुले पनि खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १० : ०२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,