२३ पुस २०८२, बुधबार | January 8, 2026

जोर्तेमा स्कार्पियो दुर्घटना अपडेट : पहिरोमा पुरिएर तीनको मृत्यु, आठ जना घाइते, २ जनाको सनाखत



बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका(२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल आउदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो आज बिहान जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मी रेसुङ्गा ७ की ५० वर्षिया मनकला क्युदारा र पाल्पा घर भई जिल्ला प्रहरी कार्यालय गुल्मीको सञ्चार शाखामा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोराको सनाखत भएको राजमार्ग ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । घाइते ८ जना र १ जना मृतकको सनाखत भइनसकेको ट्राफिक ब्यवस्थापन कार्यालयका ट्राफिक प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए ।

भाडाको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  १० : १३ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै