७ आश्विन २०८३, बुधबार | September 23, 2026

जोर्तेमा स्कार्पियो दुर्घटना अपडेट : पहिरोमा पुरिएर तीनको मृत्यु, आठ जना घाइते, २ जनाको सनाखत



बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका(२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल आउदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो आज बिहान जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मी रेसुङ्गा ७ की ५० वर्षिया मनकला क्युदारा र पाल्पा घर भई जिल्ला प्रहरी कार्यालय गुल्मीको सञ्चार शाखामा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोराको सनाखत भएको राजमार्ग ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । घाइते ८ जना र १ जना मृतकको सनाखत भइनसकेको ट्राफिक ब्यवस्थापन कार्यालयका ट्राफिक प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए ।

भाडाको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  १० : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई