४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा शुभकामना, बुटवलमा क्रिकेट हेर्न यस्तो छ व्यवस्था



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीको हितका निम्ति आफूले हमेसा ध्यान दिँदै आएको बताए । बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ ।

बुटवल लगायतका स्थानमा चोक र खुल्ला स्थानमा क्रिकेट हेर्ने ब्यवस्था मिलाईएको छ । बुटवलको देविनगर चौपारीमा वेष्ट्रन क्रिकेट एकेडेमीको पहलमा प्रोजेक्टरबाट लाईभ गर्ने भएको छ । एकेडेमीका संचालक भुवन पाण्डेका अनुसार नेपाली टिमको ऐतिहासिक खेललाई प्रत्यक्ष देखाउने ब्यवस्था गर्न चौपारीमा १५ बाई १५ फुटको स्क्रिनमा देखाईने ब्यवस्था गरिएको छ ।

यता रुपन्देहीका अधिकाश रेष्टुरेन्टहरुमा ठुलो स्क्रिनमा क्रिकेट लाईभको ब्यवस्था गरिएको छ । होटल पौवाले योगीकुटी र भैरहवाको होटल पौवामा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ । पौवाका काठमाडौं, पोखरा, दाङ लगायका शाखामा क्रिकेट हेर्ने ब्यवस्था मिलाईएको पौवाका ब्राण्ड प्रमुख बिष्णु भण्डारीले जानकारी दिए ।

गोलपार्कस्थित लेभिस रेष्टुरेन्टमा एलईडीबाट क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्न लागेको बुटवल क्रिकेट विकास समितिका उपाध्यक्ष तथा रेष्टुरेन्ट ब्यवसायी रोमित बज्राचार्यले जनाए।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले अधिकास होटलहरुमा प्रत्यक्ष प्रसारणको ब्यवस्था गरिएको आफुले जानकारी पाएको बताए ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  १२ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको