२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

एसिया कपबाट बाहिरियो नेपाल, भारतसँग १० विकेटले पराजित



काठमाडौं । श्रीलंकाको क्यान्डीमा भएको एसीसी एसिया कप अन्तर्गत भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ । सोमबार साँझ भएको समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भारतसँग पनि पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतविरुद्ध ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

जवाफी २३१ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो। निरन्तर वर्षा भएपछि राति साढे १० बजेपछि मात्र खेल सुरु भयो । तर खेल २३ ओभरमा झारिएको थियो । उक्त ओभर अनुसार १४५ रनको लक्ष्य पाएको भारतले २०.१ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

यसअघि एक खेलमा जित र एक खेलमा अंक बाँडेको पाकिस्तान सुपर फोरमा पुगिसकेको छ। नेपाललाई हराएसँगै भारत पनि सुपर फोरमा पुगेको छ । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रनको योदान दिए भने सोमपाल कामीले ४८ रन जोडे । कुशल भुर्तेलले ३८ रन जोडेका थिए । मध्यक्रममा आएका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतकीय पारी खेले । नेपालविरुद्ध शर्माले ५९ बलको सामना गर्दै ७४ रन जोडे भने गिलले ६२ बलमा ७६ रन जोडे ।

नेपाली बलर मध्ये पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने महँगा सावित भए। उनले चार ओभर बलिङ गर्दै ३९ रन खर्चिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ३९ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३