१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

एसिया कपबाट बाहिरियो नेपाल, भारतसँग १० विकेटले पराजित



काठमाडौं । श्रीलंकाको क्यान्डीमा भएको एसीसी एसिया कप अन्तर्गत भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ । सोमबार साँझ भएको समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भारतसँग पनि पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतविरुद्ध ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

जवाफी २३१ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो। निरन्तर वर्षा भएपछि राति साढे १० बजेपछि मात्र खेल सुरु भयो । तर खेल २३ ओभरमा झारिएको थियो । उक्त ओभर अनुसार १४५ रनको लक्ष्य पाएको भारतले २०.१ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

यसअघि एक खेलमा जित र एक खेलमा अंक बाँडेको पाकिस्तान सुपर फोरमा पुगिसकेको छ। नेपाललाई हराएसँगै भारत पनि सुपर फोरमा पुगेको छ । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रनको योदान दिए भने सोमपाल कामीले ४८ रन जोडे । कुशल भुर्तेलले ३८ रन जोडेका थिए । मध्यक्रममा आएका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतकीय पारी खेले । नेपालविरुद्ध शर्माले ५९ बलको सामना गर्दै ७४ रन जोडे भने गिलले ६२ बलमा ७६ रन जोडे ।

नेपाली बलर मध्ये पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने महँगा सावित भए। उनले चार ओभर बलिङ गर्दै ३९ रन खर्चिए ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ६ : ३९ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी