१ आश्विन २०८३, बिहिबार | September 18, 2026

एसिया कप सुपर फोर : पाकिस्तानको भारतसँग लज्जास्पद हार, २२८ रनले पराजित



काठमाडाैं । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो अन्तरको जित हात पारेको छ ।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे ।

कोहलीको यो ४७ औं एकदिवसीय शतक हो । कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो ।

श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो ।

सोमबार कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे । अघा सलमान र इफ्तिखर अहमदले २३-२३ रन बनाए । अरु ब्याट्सम्यान सस्तैमा आउट भए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ७ : ४६ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा