७ आश्विन २०८३, बुधबार | September 23, 2026

बजेट तान्न होइन, सुशासन प्रवर्धनमा लागौँ : सभापति पन्थ



काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवद्र्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गरेका छन ।

उनले सुशासन प्रवद्र्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनमा काम गर्न आवश्यक रहेको बताए । रासससँग कुराकानी गर्दै सभापति पन्थले भने, “भ्रष्टाचारलगायतका जति पनि विकृति, अनियमित र बेथितिलाई अन्त्य गर्न संसदीय समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।”

उनले सरकार विकास र समृद्धिका कार्यक्रमलाई जोड दिने तथा दलका नेता र जनप्रतिनिधि पनि विकासका नाममा आफ्ना क्षेत्रमा बजेट धेरै तान्न होडबाजीले सुशासन प्रवद्र्धन र दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती खडा गर्ने विचार प्रकट गरे ।

मुलुकको सोह्रौँ पञ्चवर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको उल्लेख गर्दै उनले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मामिलामा जनप्रतिनिधिको खबरदारी आवश्यक रहेको धारणा राखे ।

यसैबीच, समितिले सुशासन प्रवद्र्धन सम्बन्धमा अध्ययन, अनुगमन र राज्यका सम्बन्धित निकाय र सरोकारवालासँग आवश्यक छलफल गर्न सुशासन प्रवद्र्धन तथा अनुगमन गर्न रमेशजङ्ग रायमाझीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । सभापति पन्थको अध्यक्षतामा बिहीबार बसेको बैठकले गठन गरेको उपसमितिका सदस्यमा नारायणप्रसाद दाहाल र शारदादेवी भट्ट रहेका छन ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ६ : २८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज