१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरा १ नम्बरमा तीज महोत्सव हुँदै, एकल तथा सामुहिक नृत्य प्रतियोगिता गरिने



खजुरा । बाँकेको खजुरा १ नम्बरमा तीज महोत्सव हुने भएको छ । आदर्श युवा सञ्जालको आयोजनामा प्रथम पटक हुने खजुरा तीज महोत्सव तथा सांस्कृतिक कार्यक्रमको आज सचिवालय स्थापना गरिएको छ ।

खजुरा एक नम्बर बजारमा तीजको दिनमा आयोजना गरिने महोत्सव सचिवालयको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले आज एक कार्यक्रमकाबीच उद्घाटन गरे । आदर्श युवा सञ्जालको मुख्य आयोजना र अन्य स्थानिय क्लवहरु न्यु डाँफे स्पोर्टस क्लव, बागमती स्पोर्टस क्लव, हिमालय सामुदायिक क्लव, न्यु दर्पण युवा क्लवको सह आयोजनामा हुन गैरहेको तिज महोत्सवलाई पालिकाको महत्वपुर्ण सहयोग रहने सचिवालय पछि उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले बताए ।

तीज महोत्सव तथा सांस्कृतिक कार्यक्रममा सामुहिक र एकल तीज नृत्य प्रतियोगिता मुख्य आर्कषणका रुपमा रहेको सञ्जालका अध्यक्ष तथा महोत्सव संचालन समितिका संयोजक कल्पना तामाङ्ले जानकारी दिइन् । सामुहिक तीज नृत्य प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद पुरस्कार पाउने छन भने दोश्रो हुने टिमले १५ हजार, तेश्रो हुने टिमले १० हजार र सान्तावना हुने टिमले नगद ५ हजार पाउने सास्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

एकल तीज गीत न्यृत्य प्रतियोगिताका विजयीहरुका लागि आर्कषक पुरस्कारको व्यवस्था गरिएको सञ्जालका उपाध्यक्ष तथा सांस्कृतिक उप समितिका संयोजक दाहालले बताए ।

सञ्जालले तीज महोत्सवमा रमाइलो मात्र नभएर महिला दिदिबहिनीहरुका लागी निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने तयारी गरेको सचिव सुवास निरौलाले जानकारी दिए । तीज महोत्सवको पुर्व तयारी सचिवालयको उद्घाटन संगै तिव्र पारिएको सचिव निरौलाले उल्लेख गरे ।

सामुहिक पुरस्कारको लागी अमेरिकामा रहेका खजुरा गाउँपालिका ४ डि गाउँका समाजसेवी लिल बहादुर थापाले सहयोग हुने तय भएको आर्थिक संकलन उप समितिका संयोजक भरत जैसीले जानकारी दिए । स्वास्थ्य शिविरका लागि पनि अष्ट्रेलियामा बस्नुहुने नेपालीहरुले सहयोग पठाउन लागेको आर्थिक संयोजक जैसीले बताए ।

खजुराको एक नम्बरमा हुने तीज महोत्सवलाई ५ हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । उता खजुरा बजारमा पनि खजुरा क्षेत्र संरक्षण समितिले अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि तीज महोत्सव गर्ने जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ७ : ०१ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज