१५ भदौ २०८३, सोमबार | August 31, 2026

रहेनन् वरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधान



नेपालगन्ज । बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वेष्टर्न अस्पताल नेपालगन्जमा भर्ना भएका उनको आज दिउँसो २ बजे निधन भएको अस्पतालले जनाएको छ ।

वि.स २०३८ सालमा भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गरेका डा प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिएका थिए । सेवा निवृत्त भएपछि पनि उनले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आएका थिए । बरिष्ठ बालरोग बिशेषज्ञ डा प्रधानले पश्चिम क्षेत्रका हजारौं बालबालिकाको उपचार गरेर सेवा दिएका छन् ।

पहिलेदेखिनै सुगरको समस्याले ग्रसित हुनुहुन्थ्यो । फोक्सोको टिबी , कलेजो अनि किड्नीको समस्या देखिएपछि प्रधान भाद्र ४ गते अस्पताल भर्ना भएका थिए ।

उनलाई पछिल्लो समय श्वास प्रश्वासमा समेत समस्या देखिएको थियो । यसक्षेत्रका चिकित्सकहरुका अभिभावककारुपमा रहेका डा.प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको चिकित्सकहरुले जनाएका छन् ।

डा.प्रधानको पार्थिव शरिरलाई अत्यष्टिका लागि काठमाडौं लाने तयारी भईरहको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा वि.स. २००२ सालमा डा. प्रधानको जन्म भएको थियो । डा.प्रधानका श्रीमती र तीन छोरा छन् ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ७ : ३२ बजे

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको

रसुवागढी सुरुङमा मान्छे फसेको भेटिएन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी