११ भदौ २०८३, बिहिबार | August 27, 2026

राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको पेश गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत गरेका संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै कर्तव्य निर्वाह गर्न र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।

महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसङ्घमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घको उद्देश्य प्राप्तिका लागि नेपालले दिएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा राजदूत थापाले महासचिव गुटेर्रेसलाई नेपालको विकास र शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घले गरेको सहयोगका लागि धन्यवाद दिँदै संयुक्त राष्ट्रसङ्घलाई नेपालको पूर्ण समर्थन र दृढ प्रतिबद्धता दोहो¥याएका थिए ।

राजदूत थापाले विश्व शान्ति र सुरक्षा, दिगो विकास, जलवायु न्याय र राष्ट्रसङ्घीय सुधारलगायतका क्षेत्रमा महासचिव गुटेर्रेसको प्रयास र पहलको पनि प्रशंसा गरे । शान्ति स्थापना, जलवायु परिवर्तन र दिगो विकासलगायतका विभिन्न क्षेत्रमा नेपालको प्राथमिकतालाई औल्याउँदै राजदूत थापाले संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताउएका थिए ।

राजदूत थापा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालको यात्रा सुरु गर्न ३१ अगस्ट २०२३ मा न्यूयोर्क पुगेका थिए ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ११ : ०० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि