१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।

सीआईबीले पुनलाई बोलाएर बयान लिएको हो । सुन तस्करी प्रकरणका आरोपीहरुसँग पुनको निकै नजिकको सम्बन्ध रहेको देखिएपछि सीआईबीले बयान लिएको हो । पुन र तस्करीका आरोपी दाब छिरिङबीच व्यापारिक साझेदारी नै रहेको रिपोर्ट सार्वजनिक भएका छन् । छिरिङले विवाह गरेकी रोल्पाकी अमला रोकामगरसँग पुन परिवारको सम्बन्ध रहेको छ । छिरिङ र अमलासहित पुन दुई वर्ष अघि हेलिकोप्टरमा गोसाईंकुण्डको भ्रमणमा गएको सार्वजनिक भएको थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै मोटरसाइकलको ब्रेकसुसहितको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । सो सुन तस्कर िप्रकरणमा हालसम्म ६ जना विदेशीसहित २५ जना पक्राउ परिसकेका छन् । पहिला राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको यो प्रकरणमाथि अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  २ : ४६ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई