२२ भदौ २०८३, सोमबार | September 7, 2026

छोटी भन्सार कार्यालय लुम्बिनीलाई स्तरोन्नती गर्न सांसद घिमिरेको माग



काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयको रुपमा स्तरोन्नती गर्न सरकारसँग माग गरेका छन ।

बिहीबार संसदको विशेष समयमा बोल्दै उनले भैरहवा भन्सार कार्यालय मातहत रहेको छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयकैं रुपमा स्तरोन्नी गर्न माग गरेका हुन ।

लुम्बिनीबाट नजिकैं रहेको यो नाकाको स्तरोन्नतीले बाह्य पयर्टकको संख्या अभिवृद्धिमा समेत सहयोग पुग्ने उनले बताए । सांसद घिमिरेले यो नाकाबाट सवारीसाधन नेपालमा सहज रुपमा आउने-जाने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

सीमावर्ती भारतीय कक्रहवा बजार विस्तार भएको र त्यहाँसम्म लामो दुरीका भारतीय सवारीसाधन नियमित सञ्चालन हुने गरेकाले पनि यहाँको छोटी भन्सार कार्यालयलाई स्तरोन्नती गर्नुपर्ने उनको भनाइ छ । छोटी भन्सार कार्यालयलाई सीमित मूल्यका सामानको राजस्व असुली गर्ने मात्र अख्तियारी रहेकोले छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयकैं रुपमा स्तरोन्नती गर्दा राजस्व असुलीमा समेत टेवा पुग्ने सांसद घिमिरेले बताए ।

सांसद घिमिरेले द्धन्द्धकाल र कोरोना महामारीमा विस्थापित भएका छोटी भन्सार कार्यालयलाई पूर्ववतः अवस्थामा सञ्चालनमा ल्याउन समेत सरकारसँग माग गरेका छन । भन्सार विभागको तथ्यांक अनुसार मुलुकमा हाल ४१ वटा प्रमुख भन्सार कार्यालय र ती भन्सार कार्यालयको मातहतमा १३२ वटा छोटी भन्सार कार्यालय छन् । संख्यामा यत्तिका धेरै छोटी भन्सार कार्यालय देखिए पनि अधिकांश सञ्चालनमा छैनन् ।

छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा सिमावर्ती भारतीय बजारबाट नेपालतर्फ अवैध रुपमा खाद्यान्न, लत्ताकपडा, मेसिनरी समान लगायतका विभिन्न वस्तुहरु भित्रिने गरेको छ ।

यसबाट सीमा नाकामा एकातिर तस्करी मौलाएको छ भने अर्कोतर्फ नेपाल सरकारलाई ठूलो राजस्व गुमिरहेको छ । यसैगरी छोटी भन्सार कार्यालयका भौतिक पूर्वाधार जीर्ण हुँदै जानुको साथैं जमिन समेत अतिक्रमणको चपेटामा परेको पाइन्छ ।

भन्सार कार्यालयहरुले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्नुमा छोटी भन्सार कार्यालयहरु सञ्चालनमा नआउनु पनि रहेको जानकारहरु बताउँछन् । ‘अतः सीमा क्षेत्रका बासिन्दाहरुको सहजता तथा राजस्व संकलन वृद्धिको लागि बन्द रहेका छोटी भन्सार कार्यालय यथाशीघ्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन मैले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु ।’ सांसद घिमिरेले भने ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ५ : ४३ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म