६ श्रावण २०८३, बुधबार | July 22, 2026

५ करोडको लगानीमा भैरहवाको आवारोडमा खुल्यो “सांवरिया”, आईतबारदेखि सञ्चालन हुने



भैरहवा । भैरहवाको आवारोडमा ५ करोडको लगानीमा “सांवरिया” आईतबारदेखि सञ्चालनमा आउँदै छ । मिठाईका पारखीका लागि नौलो एवम् विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्यसहित सांवरिया सञ्चालनमा आउन लागेको हो ।

एजी फुड प्रोडक्ट्स प्राली अन्तर्गतको सांवरियामा स्थानीय ब्यवसायीहरु अरुण अग्रवाल, कृष्ण प्रसाद शर्मा (सानु), आदर्श अग्रवाल एवम् बुटवलका ब्यवसायी ज्ञानेन्द्र कार्की तथा काठमाडौंका गौरव दारुका लगानी रहेको छ ।

आर्कषक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरि सञ्चालनमा ल्याईएको सांवरियामा विभिन्न प्रकारका उच्च गुणस्तर युक्त मिठाई, प्रभातकालीन नास्ता, दिउसोको खाजा उपलब्ध रहेको यसका सञ्चालक अरुण अग्रवालले जानकारी दिए । सांवरियामा दक्षिण भारती खाजा संगै चिनिया परिकार उपलब्ध रहने अग्रवालले जनाए ।

एकै पटक १ सय ३० जना सम्मलाई सेवा दिन मिल्ने सांवरियामा कार्यक्रमको लागि हल पनि उपलब्ध रहेको छ । यस्तै आगामी दिनमा परिवारीक एवम संघ संस्थाले आयोजना गर्ने भोज भतेरमा क्याटरिङ्गको समेत सुविधा प्रदान गरिने यसका अर्का सञ्चालक कृष्ण प्रसाद शर्माले जानकारी दिए । “एजी फुड प्रोडक्ट्स प्राली अन्र्तगतको सांवरिया भैरहवामा पहिलो प्रतिष्ठानको रुपमा खुलेको छ ।” उनले भने “अब यसलाई चेन बिजनेशको रुपमा नेपालका अन्य शहरमा पनि बिस्तार गर्दै लैजाने छौं ।”

उनले सांवरियामा रहेका सम्पूर्ण मिठाईका परिकारको शुद्धता एवम गुणस्तर तथा सरसफाईमा कुनै कमि हुन नदिने बताए । साथै यसमा पाईने परिकार उपभोक्ताले “होम डेलिभरि”को माध्यमबाट घरघरै पुर्याइने जनाए । सञ्चालनको सम्पूर्ण तयारी पुरा भईसकेको र यहि आईतबार, सोमबार र मंगलबार गरि ३ दिनको यसको उदघाटनको तयारी गरिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ६ : ५३ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,