२९ बैशाख २०८१, शनिबार | May 11, 2024

५ करोडको लगानीमा भैरहवाको आवारोडमा खुल्यो “सांवरिया”, आईतबारदेखि सञ्चालन हुने



भैरहवा । भैरहवाको आवारोडमा ५ करोडको लगानीमा “सांवरिया” आईतबारदेखि सञ्चालनमा आउँदै छ । मिठाईका पारखीका लागि नौलो एवम् विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्यसहित सांवरिया सञ्चालनमा आउन लागेको हो ।

एजी फुड प्रोडक्ट्स प्राली अन्तर्गतको सांवरियामा स्थानीय ब्यवसायीहरु अरुण अग्रवाल, कृष्ण प्रसाद शर्मा (सानु), आदर्श अग्रवाल एवम् बुटवलका ब्यवसायी ज्ञानेन्द्र कार्की तथा काठमाडौंका गौरव दारुका लगानी रहेको छ ।

आर्कषक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरि सञ्चालनमा ल्याईएको सांवरियामा विभिन्न प्रकारका उच्च गुणस्तर युक्त मिठाई, प्रभातकालीन नास्ता, दिउसोको खाजा उपलब्ध रहेको यसका सञ्चालक अरुण अग्रवालले जानकारी दिए । सांवरियामा दक्षिण भारती खाजा संगै चिनिया परिकार उपलब्ध रहने अग्रवालले जनाए ।

एकै पटक १ सय ३० जना सम्मलाई सेवा दिन मिल्ने सांवरियामा कार्यक्रमको लागि हल पनि उपलब्ध रहेको छ । यस्तै आगामी दिनमा परिवारीक एवम संघ संस्थाले आयोजना गर्ने भोज भतेरमा क्याटरिङ्गको समेत सुविधा प्रदान गरिने यसका अर्का सञ्चालक कृष्ण प्रसाद शर्माले जानकारी दिए । “एजी फुड प्रोडक्ट्स प्राली अन्र्तगतको सांवरिया भैरहवामा पहिलो प्रतिष्ठानको रुपमा खुलेको छ ।” उनले भने “अब यसलाई चेन बिजनेशको रुपमा नेपालका अन्य शहरमा पनि बिस्तार गर्दै लैजाने छौं ।”

उनले सांवरियामा रहेका सम्पूर्ण मिठाईका परिकारको शुद्धता एवम गुणस्तर तथा सरसफाईमा कुनै कमि हुन नदिने बताए । साथै यसमा पाईने परिकार उपभोक्ताले “होम डेलिभरि”को माध्यमबाट घरघरै पुर्याइने जनाए । सञ्चालनको सम्पूर्ण तयारी पुरा भईसकेको र यहि आईतबार, सोमबार र मंगलबार गरि ३ दिनको यसको उदघाटनको तयारी गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ५३ बजे

पिटरको बक पत्रमाथिको विमर्श : माओवादी जनयुद्धको शल्यक्रिया

नेपालगन्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको बजारमा आएको

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी, ७ जना गम्भीर

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत