५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बृहत खुल्ला तीज गीत प्रतियोगिताको उपाधी तिनाउ बोर्डिङलाई



बुटवल । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा भएको बृहत खुल्ला तीज गीत प्रतियोगिताको उपाधी तिनाउ ईंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ । बिहिबार बुटवलमा आयोजना गरिएको प्रतियोगितामा तिनाउ बोर्डिङ प्रथम हुदै नगद १५ हजार ५ सय १५ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको हो ।

यस्तै द्वितिय ज्ञानगङ्गा पाठशालाले नगद ८ हजार ५ सय १५ रुपैया र प्रमाणपत्र तथा तृतीय न्यु होराइजन मावि नगद ५ हजार ५ सय १५ रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुल सान्त्वना हुदै नगद २ हजार १ सय १५ रुपैयासहित प्रमाणपत्र प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले विजेता, उपविजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै लोक दोहोरी गीतसंगितलाई संरक्षण गर्दै नया पुस्तामा हस्तान्तरण गर्ने अभियानमा लाग्न सुझाव दिईन । स्थानिय सरकार यसको लागि हातोमालो गर्न सधै तयार रहेको समेत बताईन ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गरौजा, लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख प्रा.डा तारा प्रसाद उपाध्याय, केन्द्रीय सहसचिव सिता राना, केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डे, पुरुषोत्तम भण्डारी, राष्ट्रिय भजन चुट्का संरक्षण प्रतिषठनका केन्द्रीय अध्यक्ष तथा लोक दोहोरी प्रतिष्ठानका मानार्थ सदस्य नारायण खनाल (लेकाली), कार्यक्रम संयोजक सम्झना रणपालले विद्यालयस्तरका बालिकाहरुलाई आफनो संस्कृति चिनाउने रुपमा कार्यक्रम गरिएको बताए । कार्यक्रममा कल्पना कुसुम, विधान कार्की लगायतले गीतसंगितबाट मनोरञ्जन प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  १० : ५२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं