५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

प्रहरी महानिरीक्षक कुवँरको नेतृत्वमा प्रहरी अधिकारीहरू कोरिया जाने



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन । प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

महानिरीक्षक कुवँर नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल रहने जनाईएको छ । साथै, सो भ्रमण टोलीमा गृह मन्त्रालयका केही कर्मचारी पनि समावेश हुनेछन् ।

कोइकाले नेपाल प्रहरीको साइबर ब्युरोको भवन बनाउने प्रक्रिया अघि बढाईरहेको बेला यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

कोरियाले साइबर सुरक्षालगायतका विषयमा गर्दै आएको कामको विषयमा जानकारी गराउने र सो भ्रमण पछि नेपालले लिने फाईदा बेफाइदका बारेमा जानकारी हासिल गरिने प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ७ : ४६ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन