२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रहरी महानिरीक्षक कुवँरको नेतृत्वमा प्रहरी अधिकारीहरू कोरिया जाने



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन । प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

महानिरीक्षक कुवँर नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल रहने जनाईएको छ । साथै, सो भ्रमण टोलीमा गृह मन्त्रालयका केही कर्मचारी पनि समावेश हुनेछन् ।

कोइकाले नेपाल प्रहरीको साइबर ब्युरोको भवन बनाउने प्रक्रिया अघि बढाईरहेको बेला यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

कोरियाले साइबर सुरक्षालगायतका विषयमा गर्दै आएको कामको विषयमा जानकारी गराउने र सो भ्रमण पछि नेपालले लिने फाईदा बेफाइदका बारेमा जानकारी हासिल गरिने प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ७ : ४६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा