४ पुस २०८२, शुक्रबार | December 19, 2025

राधाकृष्ण युवा क्लबको १३ औं रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । राधाकृष्ण युवा क्लब बुटवलको आयोजनामा १३ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर पालिका वडा नम्बर ५ र ६ मा रहेको क्लबले १३ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर परियारले जानकारी दिए ।

कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले रक्तदान कार्यक्रम गरि सामाजिक कार्यमा अगाडि रहेको भन्दै यसमा युवाहरुको योगदान महत्वपुर्ण रहेको बताए । युवाहरु परिवर्तनको बाहकका रुपमा परिचय दिएर युवासंग नया नया ज्ञान र सिकाई लिनुपर्ने न्यौपाने बताए । उनले मानविय कामका लागि सबैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राखे ।

क्लबका अध्यक्ष यम बरालले क्लबले वार्षिक कार्यतालिका नै बनाएर रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिए । क्लबले रक्तदान कार्यक्रमसंगै वडा तथा टोल सरसफाइ, दशैं तिहारमा विशेष सास्कृतिक कार्यक्रम र होली पर्वमा होली मिलन कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य श्याम बहादुर थापा, वडा सदस्य चिनकाजी श्रेष्ठको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य सुमित खनालले गरेका थिए ।

 

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  १२ : ३४ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका