२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलमा गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको विरोध र्याली



बुटवल । गृहमन्त्री नारमयणकाजी श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा तरुणदलले बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विरोधमा शनिबार दिउँसो विरोध र्याली निकालेको हो ।

घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै  तरूण दलले देशब्यापी जारी राखेको आन्दोलन अन्तरगत बुटवलको मिलनचोकदेखि राजमार्ग चौराहमा पुगी कोणसभा गरिएको थियो । विरोध प्रदर्शनमा बोल्दै तरुण दल रुपन्देही सभापती सोम गुरुङले सरकारसँग शान्ती सुरक्षा कायम राख्न माग गरे ।

सुरक्षा कायम गर्न नसकेको बताउँदै उनले गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनु पर्ने उल्लेख गरे । विरोध र्यालीमा बोल्दै तरुणदल केन्द्रीय सदस्य अनिश ढकाल, विनोद घिमिरे, विजय रावल, दुर्गा क्षेत्री, प्रयासराज गोर्खाली, केशव पाण्डे कार्यक्रम संयोजक तथा तरुण दल जिल्ला सदस्य प्रसान्त कोईराला तथा तरुणदल रुपन्देही-२ क्षेत्रीय सभापति हसन्त तामाङले दोषीमाथि कडा कारबाहीको माग गर्दै सरकारलाई घटनाप्रति गम्भीर बन्न आग्रह गरे । कार्यक्रममा नेवि संघ जिल्ला अध्यक्ष सन्दीप पाण्डे, नेपाली काङ्ग्रेसकि केन्द्रीय सदस्य तथा नेपाल महिला संघ रुपन्देही अध्यक्ष गंगा शाही लगायतले बोलेका थिए ।

गत बुधबार दिउँसो रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो । यादव कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गर्ने नुवाकोट घर भएका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । यादवमाथि आक्रमण भएपछि तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित विरोध गरिरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ६ : ११ बजे

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको