४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको विरोध र्याली



बुटवल । गृहमन्त्री नारमयणकाजी श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा तरुणदलले बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विरोधमा शनिबार दिउँसो विरोध र्याली निकालेको हो ।

घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै  तरूण दलले देशब्यापी जारी राखेको आन्दोलन अन्तरगत बुटवलको मिलनचोकदेखि राजमार्ग चौराहमा पुगी कोणसभा गरिएको थियो । विरोध प्रदर्शनमा बोल्दै तरुण दल रुपन्देही सभापती सोम गुरुङले सरकारसँग शान्ती सुरक्षा कायम राख्न माग गरे ।

सुरक्षा कायम गर्न नसकेको बताउँदै उनले गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनु पर्ने उल्लेख गरे । विरोध र्यालीमा बोल्दै तरुणदल केन्द्रीय सदस्य अनिश ढकाल, विनोद घिमिरे, विजय रावल, दुर्गा क्षेत्री, प्रयासराज गोर्खाली, केशव पाण्डे कार्यक्रम संयोजक तथा तरुण दल जिल्ला सदस्य प्रसान्त कोईराला तथा तरुणदल रुपन्देही-२ क्षेत्रीय सभापति हसन्त तामाङले दोषीमाथि कडा कारबाहीको माग गर्दै सरकारलाई घटनाप्रति गम्भीर बन्न आग्रह गरे । कार्यक्रममा नेवि संघ जिल्ला अध्यक्ष सन्दीप पाण्डे, नेपाली काङ्ग्रेसकि केन्द्रीय सदस्य तथा नेपाल महिला संघ रुपन्देही अध्यक्ष गंगा शाही लगायतले बोलेका थिए ।

गत बुधबार दिउँसो रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो । यादव कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गर्ने नुवाकोट घर भएका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । यादवमाथि आक्रमण भएपछि तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित विरोध गरिरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ६ : ११ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा