१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी विशेष सुरक्षा गण सुर्खेत लगिँदै



नेपालगन्ज । प्रदेश संरचना बनेको एक ६ वर्ष पुग्दा पनि कर्णाली प्रदेशमा रहनु पर्ने कर्णाली प्रदेश प्रहरी विशेष सुरक्षा गण नेपालगन्जबाटै संचालन भइरहेको छ । प्रदेशको उक कार्यकाल पुरा भई दास्रो कार्यकाल सुरु भएपछि भने प्रहरी विशेष सुरक्षा गण नेपालगन्जबाट कर्णाली प्रदेशमा स्थानान्तरण गर्न प्रक्रिया थालिएको छ ।

हालसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको कार्यालयलाई प्रदेश सरकारले स्थानान्तरण गर्न प्रक्रिया थालेको हो । त्यसका लागि कर्णाली प्रदेश सरकारले आवश्यक बजेट स्वीकृत समेत गरेको छ ।

प्रदेशको आन्तरिक सुरक्षामा निकै महत्त्वपूर्ण मानिएको सुरक्षा गणलाई कर्णालीमा स्थानान्तरणका लागि काम अघि बढाइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए । उनका अनुसार स्थानान्तरको भौतिक निर्माणका लागि मात्र १ करोड ९१ लाख २९ हजार ८६४ रुपैयाँ बराबरको बजेट स्वीकृत भएको छ ।

मन्त्री जिसीका अनुसार उक्त प्रहरी संरचनाका लागि सुर्खेतको गुर्भाकोट नगरपालिकामा–१३ र १४ मा जग्गा प्राप्त भइसकेको छ । २६ असारमा भएको सङ्घीय मन्त्रिपरिषद्ले जग्गाको स्वीकृत दिने निर्णय गरेको थियो । सोही अनुसार साबिक गुमी गाविस–३ (हाल गुर्भाकोटमा ३-५-१ विगाह मध्ये क्षेत्रफल १-८-० विगाह र सोही गाविस–५ च कित्ता नं २ को क्षेत्रफल २-२-१९-५ विगाह जग्गा प्रहरी विशेष सुरक्षा गण कर्णाली प्रदेशलाई प्रदान गर्न स्वीकृत भइसकेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रानुसार बाँकेमा रहेको उक्त प्रहरी संरचनालाई गुर्भाकोटमा स्थानान्तरण गरिने तयारीलाई तिब्र पारिएको छ । उक्त ठाउँमा तत्कालीन अवस्थामा रहेका भवनहरू उपयोगविहीन भई जीर्ण अवस्थामा रहेको र ती भवनहरूको मर्मत सम्भार र पुन निर्माण गरि सोही स्थानमा गणलाई स्थानान्तरण गरिने छ ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र पनि हाल लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको छ । तालिम केन्द्र स्थानान्तरणका लागि पनि प्रदेश सरकारले तयारी गरिरहेको मन्त्री जिसीले बताए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ९ : ०५ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण