२ चैत्र २०८२, सोमबार | March 16, 2026

पहिरोबाट एक युवकको मृत्यु



डडेल्धुरा । केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुङ्गा लाग्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो ।

प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ प ८८३० नम्बरकोे मोटरसाइकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुङ्गा लागेका थियो ।

गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार नै डडेल्धुरा अस्पताल पु¥याएको प्रहरीले जनाएको छ । उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी पठाइएको थियो ।

टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ ।

मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका-४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  १ : ४१ बजे

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास