३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सातौं जिल्लास्तरीय स्नुकरमा ८ खेलाडी क्वाटरफाइनलमा



बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न तेस्रो चरणका खेलबाट ८ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा जारी प्रतियोगिताबाट विजय थापा,सागर गाहामगर, शिशिर गुरुङ, सम्बन्ध विक,डेविड गौचन,सुरज मकाजु,शंकर खड्का र कुमार थापा क्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।

मंगलबार बेस्ट अफ फाइभका आधारमा खेलाइएको प्रि क्वाटरफाइनल चरणको पहिलो खेलमा विजय थापाले रुकु मोहम्मदलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै सागर गाहामगरले कुणाल श्रेष्ठलाई ३-२ ले र शिशिर गुरुङले प्रिन्स गुरुङलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै सम्बन्ध विकले बसन्त रेश्मीमगरलाई ३-२ ले तथा डेविड गौचनले बासु प्रधानलाई ३-० को सोझो सेटमा पराजित गरेका छन् ।

यस्तै सुरज मकाजुले प्रकाश क्षेत्रीलाई ३-० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै शंकर खड्काले सारन रानालाई ३-० को सोझो सेटमा पराजित गरेका छन् भने अन्तिम खेलमा कुमार थापाले सकिल अन्सारीलाई ३-० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए ।

कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।

यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल, भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह, विराज भट्टचन, सुदिप घिमिरे, याङसिंह रेश्मी, सजमिर मिया, लाइफलाइन मेनपावर, करिश्मा क्लिनिक, जमिल खान, सबर मिया, सोभित दर्लामी, चुन्नु पौडेल, ग्राण्ड क्याफे, राजेश कार्की, प्रकाश परियार, सन्दिपकुमार श्रेष्ठ, डिजि लयाब प्रालि, पश्चिमाञ्चल ट्रक समिति, नरिश्वर पौडेल, बुटवल वडा नं १ कार्यालय, बुटवल ५ वडा कार्यालय, बुटवल ६ वडा कार्यालय, पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ८ : ३७ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६