४ पुस २०८२, शुक्रबार | December 19, 2025

कर्णालीका स्थानीय निकायमा वास इकाईबाट सम्पादीत क्रियाकलापको लेखाजोखा सम्पन्न



सुर्खेत । कर्णाली प्रदेशलाई केन्द्रित गरि नेपाल सरकार , फिनल्यान्ड सरकार र युरोपियन युनियन तथा स्थानीय सरकारको सयुक्त साझेदारीमा संचालित सबैको लागि दिगोखानेपानी सरसफाइ र स्वच्छता आयोजनाको वार्षिक समिक्षा सम्पन्न भएको छ । गत आब ०७९/८० देखि कार्यन्वयनमा रहेका माथिल्लो कर्णाली भेगमा अवस्थित आठवटा स्थानीय तहमा संचालित आयोजनाको भौतिक प्रगति तथा आर्थिक प्रगतिको समिक्षा गरिएको हो ।

समिक्षा कार्यक्रममा सिकाइ आदानप्रदान साथै क्रियाकलापहरुको संचालन प्रक्रियामा परेका समस्याहरूको लेखाजोखा र आब ०८०/८१ को बार्षिक कार्यक्रम कार्यन्वयन गर्न भाबी रणनीति विषयमा छलफल भएको थियो ।

आब ८०/८१ देखि कार्यन्वयनमा रहेका थप १३ पालिकाहरुको बार्षिक कार्यक्रममाथि पनि कार्यक्रममा छलफल भएको थियो । सहभागीहरुले मुख्य मुख्य क्रियाकलाप सम्पन्न गर्न लिइएको भाबी रणनीति र सम्भाबित चुनौतीमाथि व्यापक छलफल गरि समुहगत प्रस्तुति गरेका थिए ।

प्रस्तुति गरिएको कार्ययोजना माथि आयोजनाको प्राबिधिक सहयोग इकाईका बिज्ञहरु तथा चिफ टेक्निकल सल्लाहकार मारिओ मिलानेसीबाट पृष्ठपोषण र सुझावहरु दिएका थिए । कार्यक्रममा सल्लाहकार मिलानेसीले आयोजनाको उदेश्यमुलक नतिजा प्रतिफल प्राप्त गर्न स्थानीय सरकारहरुलाई प्राबिधिक सहयोग गर्न आयोजनाको तर्फबाट निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरे ।

कार्यशाला गोष्ठीमा स्थानीय तहको वास इकाईमा कार्यरत वास संयोजकहरु र आयोजनामा कार्यरत करिब ४० जनाको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ९ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको