२० मंसिर २०८२, शनिबार | December 6, 2025

लिबियामा तटबन्ध भत्किदा ५२ सय बढीकाे मृत्यु, १० हजार बढी बेपत्ता



काहिरा । लिबियामा आएको बाढीले धेरै सहरमा क्षति पु¥याएको छ । बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ, जहाँ अहिलेसम्म सात सय मानिस पुरिएका छन् । सो बाढीमा परी १० हजार जना बेपत्ता भएकाले मृत्यु हुनेको संख्या धेरै हुन सक्छ । यहाँ वर्षा र बाढीले बाँध भत्काएर छिमेकी क्षेत्र पनि बगाएको छ । हालसम्म देशभर ५,२०० भन्दा बढीको मृत्यु हुने आशंका गरिएको छ ।

भीषण बाढीका कारण उद्धार टोलीले शव फेला पार्न सकेको छैन । लिबियाको पूर्वी सरकारका स्वास्थ्य मन्त्री ओस्मान अब्दुल जलीलले अवस्था नाजुक रहेको बताए । डेरना घटनास्थल पुगेका उस्मान अब्दुल जलीलले सहरका विभिन्न अस्पताल शवले भरिएको बताए । धेरै शव अझै डेरनामा भग्नावशेषमा छन् वा समुद्रमा बगेका छन् ।

डेर्ना सहरमा मात्रै २ हजार ३ सय मानिस मारिएको अधिकारीहरूले अनुमान गरेका छन् । रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका लागि लिबियाका राजदूत तामेर रमादानले अभूतपूर्व बाढीका कारण १०,००० मानिस बेपत्ता भएको बताए ।

प्रधानमन्त्री ओसामा हमादले दुई बाँध भत्किँदा धेरै बेपत्ता भएका र धेरैजसो बाँच्ने सम्भावना कम रहेको बताएका छन् ।

लिबिया सरकारका अनुसार क्षति भएका अन्य सहरहरूमा सुसा, मार्ज र शाहत पर्छन् । हजारौं परिवार विस्थापित भएका थिए र बेनगाजी सहर र पूर्वी लिबियाको अन्य ठाउँमा स्कूल र अन्य सरकारी भवनहरूमा शरण लिएका थिए ।

देर्ना सहरको मध्यभागमा रहेको पहाडबाट बग्ने वादी-डेरना नदीको तटबन्ध भत्किएपछि सबै आवासीय बस्ती ध्वस्त भएका छन् । कुनै समय खोलाबाट टाढैबाट अग्लो रहेका बहुतले भवन आंशिक रूपमा माटोमा पुरिएका छन । यहाँ जताततै शव छरिएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ७ : ५५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति