४ पुस २०८२, शुक्रबार | December 19, 2025

अमेरिकी राष्ट्रपतिमाथि भ्रष्टाचारको आरोप, महाअभियोगका लागि छानविनको अनुमति



वासिंग्टन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन् । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानविन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानविन सुरु गर्न निर्देशन दिएका हुन ।

म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, ‘म आज राष्ट्रपति बाइडेन विरुद्ध औपचारिक महाभियोग अनुसन्धान सुरु गर्न हाउस कमिटीहरूलाई निर्देशन दिइरहेको छु।’

म्याकार्थीले हाउस ओभरसाइट र एकाउन्टेबिलिटी कमिटीका अध्यक्ष जेम्स कमरले अनुसन्धानको निरीक्षण गर्ने बताए । हाउस न्यायिक समितिका अध्यक्ष जिम जोर्डन र हाउस वेज र मीन्स समितिका अध्यक्ष जेसन स्मिथले जेम्स कमरलाई सहयोग गर्नेछन् । तर, ह्वाइट हाउसले महाभियोग अनुसन्धानको विरोध गरेको छ ।

समाचार अनुसार बाइडेनले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति कार्यालयमा रहँदा आफ्ना छोरा हन्टर बाइडेनलाई विदेशी व्यापारमा फाइदा पुर्याएको आरोप छ । रिपब्लिकनहरूले पनि यस वर्ष लामो समयसम्म यस विषयमा अनुसन्धान गरेका थिए, जसमा बाइडेन विरुद्ध प्रमाण फेला पर्न सकेका थिएनन ।

तर, मंगलबार म्याकार्थीले प्रमाण ल्याउने बताए । म्याकार्थीले भने कि रिपब्लिकनहरूले फोन कल र पैसा स्थानान्तरणसहित अन्य प्रमाणहरू प्रस्तुत गरेका छन् जसले बाइडेन परिवार विरुद्ध भ्रष्टाचारको मुद्दा बनाउँदछ ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ८ : ०७ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा