५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

ब्रेक शुबाट थप ३०२ किलो सुन आएको सीआईबीको निष्कर्ष



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर बुधबार सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो ।
प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेको सीआईबीले अन्य सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । उक्त सुन पनि ब्रेक शुमा लुकाएर ल्याइएको थियो ।

उक्त बरामद सुनबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२.६२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० किरण बज्राचार्यले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ४५ बजे

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको