१८ पुस २०८२, शुक्रबार | January 2, 2026

राष्ट्रपतिसँग मानवअधिकार आयोगका पदाधिकारीको भेट



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपतिको कार्यालय, शीतल निवासमा पुगेर आयोग अध्यक्ष मगरसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिसँगको छलफलमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको थियो।

आयोगका अध्यक्षले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानव अधिकार आयोग ऐन निर्माण गर्न राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने वचन दिएका छन्।

भेटघाटमा आयोगका सदस्यहरु डा। सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारिप्र्रसाद खरेल, सहसचिव डा। टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेल सहभागी थिए।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ८ : १९ बजे

एमालेले गोरखा-२ बाट चक्रे मिलनलाई गर्यो प्रतिनिधिसभा उम्मेदवारको सिफारिस

काठमाडौं । नेकपा एमालेले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती

भदौ २३-२४ का घटनाबारे देउवा र प्रचण्डलाई जाँचबुझ आयोगको पत्र

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका

भेरी अस्पतालमा ‘भिरिङ्गी’ रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान सुरु