३ पुस २०८२, बिहिबार | December 19, 2025

खजुरा तीज महोत्सवमा काठमाडौंबाट कलाकार बोलाइने



नेपालगन्ज । बाँकेको खजुरा एक नम्बर बजारमा पहिलो पटक आयोजना हुन गैरहेको खजुरा तीज महोत्सव तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारले समेत प्रस्तुती दिने भएका छन ।

खजुरामा सामाजिक कार्यमा क्रियासिल रहेको आदर्श युवा सञ्जालको मुख्य आयोजनामा असोज १ गते तीजको दिनमा हुन लागिरहेको तीज महोत्सवमा चर्चित लोक तथा दोहोरी गायिका टिका पुन र जय देवकोटाले प्रस्तुती दिने तय भएको सांस्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए । मेरो डान्स युनिभर्सका टप १० मा पर्न सफल डान्सर दिलु सुनारको प्रस्तुती पनि राखिने भएको दाहालले बताए ।

युवा सञ्जालको मुख्य आयोजना र स्थानीय न्यु डाँफे स्पोर्टस क्लव, बागमति स्पोर्टस क्लव, हिमालय सामुदायिक क्लव, न्यु दर्पण युवा क्लवको सह आयोजनामा हुन गैरहेको तिज महोत्सवमा सामुहिक तीज न्यृत्य प्रतियोगिता र एकल तिज न्यृत्य प्रतियोगिता समावेश गरिएका छन् ।

बाँके जिल्लाकै ठुलो धनराशि पुरस्कारमा राखिएको कारणले पनि प्रतियोगि समुहहरुको सहभागिता उल्लेखनिय रहने आयोजकले अपेक्षा गरेको छ । सामुहिक तर्फ प्रथम हुने टिमले ५० हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै दोश्रो हुने टिमले ३० हजार, तेश्रो हुने टिमले १५ हजार र सान्तावना हुने टिमले नगद १० हजार पाउने सांस्कृतिक उप समितिका संयोजक दाहालले जानकारी दिए । एकल तीज गीत न्यृत्य प्रतियोगिताका विजयीहरुका लागि आर्कषक सुनका गहना उपहार पुरस्कारको रुपमा व्यवस्था गरिएको सञ्जालका अध्यक्ष कल्पना तामाङ्गले जानकारी दिइन् ।

तीज महोत्सवको मुख्य उदेश्य रमाइलो मात्र नभएर सामाजिक सेवा र युवा बीचको एकता रहेको सञ्जालका अध्यक्ष तामाङ्गले बताइन् । महोत्सव हेर्न आउने दर्शकलाई निःशुल्क खानेपानीको व्यवस्था गर्न लागिएको सञ्जालका सदस्य तथा आर्थिक व्यवस्थापन उप समितिका संयोजक भरत जैसिले जानकारी दिए ।

खजुराको एक नम्बरमा हुने तीज महोत्सवलाई ५ देखी ७ हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवको उद्घाटन समारोहमा नैमति बाजा बजाएर पन्चकन्या सहित सुरुवात गरिने गरि तयारी भैरहेको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ८ : ३० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको