९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

चिकित्सक कुटपिटको विरोधमा मकवानपुरमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द



मकवानपुर । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।

गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए ।

उक्त घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द छन् । जिल्लाका अन्य अस्पताल तथा क्लिनिकमा पनि आकस्मिक र फार्मेसी सेवामात्रै सञ्चालनमा रहेको उनले बताए ।

उक्त घटनालाई लिएर हेटौँडा अस्पतालका ७८ चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएको जानकारी दिए ।

डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ११ : ४५ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय