५ पुस २०८२, शनिबार | December 20, 2025

सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे



सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् ।

निरन्तर एक साता परेर पानीले मौसम परिवर्तन भएपछि जिल्लाभर भाइरल ज्वरोको सङ्क्रमण तीव्ररूपमा फैलिएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिए ।

हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को सङ्क्रमण देखिएको लालबन्दी मोडल अस्पतालका प्रमुख डा आलोककुमार कुशवाहको भनाइ छ । उहाँका अनुसार त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको छ ।

लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो सङ्क्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए । उनका अनुसार अन्य ठाउँको तुलनामा लालबन्दी, नवलपुर र हरिवनका निजी स्वास्थ्य संस्थाका साथै सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढी देखिएको छ ।

जिल्लाभर डेङ्गु सङ्क्रमित पनि बढिरहेका छन् भने भाइरल फिभरको विवरण आउन बाँकी रहेको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए । उनका अनुसार जिल्लाभर डेङ्गुका ६१ जना सङ्क्रमित रहेका छन् ।

डेङ्गु तथा भाइरल ज्वरोबाट बच्न घर वरपर लामखुट्टे बस्न नपाउने गरी सरसफाइ गर्न, सङ्क्रमित भएका व्यक्ति अन्य व्यक्तिसँग सम्पर्कमा नराखी टाढै बसेर आराम गर्न, पोषिलो खानेकुरा प्रशस्त खान, चर्को घाम लागेको बेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ११ : ५९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता