२८ बैशाख २०८३, सोमबार | May 11, 2026

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मालाई अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

न्याय परिषद्ले दोस्रो पटक शर्माको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो तर उक्तविरुद्ध कुनै पनि उजुरी परेन ।

शर्माले समितिसमक्ष आफ्नो कार्यकालमा न्यायपालिकाप्रतिको निष्ठा र आस्थालाई कायम राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ४ : ३८ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका