२८ भदौ २०८३, आइतबार | September 13, 2026

एसीसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यू-१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी  समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार र चीन छन् ।
समूह सी मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।
बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ए, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन् ।
त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ५ : ३५ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू